तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

बैंककमा जारी यू २२ बक्सिङ च्याम्पियनसिपकाे प्रीक्वाटर खेलमा ईन्द्र सुनारकाे जित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ माघ ४ गते, बुधबार १८:५६

काठमाडौं । थाईल्याण्डकाे राजधानी बैंककमा जारी एएसबिसी अन्टर २२ बक्सिङ च्याम्पियनसिप खेल अन्तर्गत ५७ केजी ताैल समुहका नेपाली मुक्केबाज ईन्द्र बहादुर सुनारले जित हासिल गरेकाछन् ।

आज उद्घाटन सत्र पश्चात् सुरुभएकाे प्रीक्वाटर क्वाटर खेलहरु मध्ये ५७ केजी ताैल समुहमा नेपाली मुक्केबाज ईन्द्र बहादुर सुनारले लाओसका खेलाडी साेक्साखुनलाई (यूनानिमस ) ५:० अंककाे आधारमा जित हासिल गरेका हुन् । याे जित संगै सुनार क्वाटर फाईनल प्रबेश गरेकाछन् । सुनारले क्वाटर फाईनल खेल मङ्गाेलियन मुक्केबाज गन्तुमार लुण्डासंग खेल्नेछन् ।

नेपालबाट सहभागी दुई खेलाडी बिजय बाटा (८६ केजी) र महिला खेलाडी त्रिशा जवेगु (७५ केजी) सेमिफाइनलमा प्रबेश भैसकेका छन् । उनिहरुले क्रमश: Indonesia खेलाडी माेसकिता माईकल र काजिकिस्तानी मुक्केबाज एरजन गुल्सायसंग खेल्नेछन् ।

भाेली जवनरी १९ तारिखमा महिला ४८ केजी ताैल समुहकी सुस्मा तामाङले भेतनामकी क्यूनहानसंग र
महिला ५७ केजी ताैल समुहकी हेमा राईले सिङ्गापुरकी चाैउजीमिन बेर्नेससंग क्वाटर फाईनल खेल खेल्नेछिन ।

भने पुरुष तर्फ ४८ केजी ताैल समुहका खेलाडी लाल प्रसाद उप्रेतीले फिलिपिनी खेलाडी दुरेन्टमार्क लेफ्चर संग जनवरी २० तारिखमा क्वाटर फाईनल खेल खेल्नेछन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु