दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

बैरो संघको चुनावी मैदानमा ४ प्यानल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ माघ ५ गते, बिहीबार ७:४२

काठमाडौं । वैदेशिक रोजगार व्यवसायीहरूको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा चुनावी सरगर्मी अन्तिम अवस्थामा पुगेको छ । माघ ६ गते हुने चुनावमा आगामी नेतृत्वका लागि ४ वटा प्यानल बनाएर प्रतिस्प्रधी लागेका छन । विभिन्न प्यानलबाट अध्यक्षदेखि सदस्यसम्म गरी ५६ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।
नेकपा एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मंच नेपालका अध्यक्ष राजेन्द्र भण्डारीले अध्यक्षको उम्मेदवारी दिएका छन । नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनका अध्यक्ष कुमुद खनाल, नेपाली कांग्रेसबाटै बागी संघका पूर्वद्वितीय अध्यक्ष भुवनसिंह गुरुङ, र माओवादी-नेकपा एस गठबन्धनबाट वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मंचका सल्लाहकार डा. ईश्वर जिसीले पनि अध्यक्षमा उम्मेदवारी दिएका छन ।
एमालेनिकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चबाट राजेन्द्र भण्डारी नेतृत्वको व्यवसायिक समूह चुनावी मैदानमा उत्रिएको छ । यस प्यानलमा अध्यक्षसहित प्रथम, द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र १० जना सदस्य गरी १७ जनाको टीम बनेर चुनाव मैदानमा गएको छ । सो समुहले विभिन्न २२ बुँदे चुनावी एजेण्डासहित सो समूह मैदानमा उत्रिएको हो ।
भण्डारीले सरकारले एकतर्फीरूपमा वैदेशिक रोजगारसम्बन्धी नीति नियम लागू सबै व्यवसायीलाई समस्या परेको बताए ।
उनले भने, ‘वैदेशिक रोजगारी पुनरुत्थानसँगै । सुरक्षित वैदेशिक रोजगारी र विनाकसुर व्यवसायीलाई दु:ख दिने क्रम बढ्दै गएकाले त्यसलाई रोक्न मेरो टीमको उम्मेदवारी हो ।’
भण्डारीको प्रथम उपाध्यक्षमा डिकबहादुर खत्री कुमार , द्धितीय उपाध्यक्षमा सञ्जु गुरुङ र तृतीय उपाध्यक्षमा रोसन कटवालले मनोनयन दर्ता गराएका छन ।
त्यस्तै, महासचिवमा मिलन कट्टेल, सचिवमा राजेन्द्र अधिकारी र कोषाध्यक्षमा सरिता घलेले उम्मेदवारी दिएका छन् । भने, अन्य १० जनाले सदस्यमा उम्मेदवारी दिएका छन् ।
नेपाली कांग्रेस समर्थित मेनपावर व्यवसायीको छाता संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनको कुमुद खनालको प्यानलबाट प्रथम उपाध्यक्षमा किशोरकुमार केसी, द्वितीय उपाध्यक्षमा अख्तर हुसेन, तृतीय उपाध्यक्षमा सञ्जय पनेरु, महासचिवमा मेघनाथ भुर्तेल, सचिवमा कर्णराज कटुवाल र कोषाध्यक्षमा हिमा गुरुङले उम्मेदवारी दिएका छन् । भने, ८ जनाले सो टीमबाट सदस्यमा उम्मेदवारी दिएका छन् ।

अध्यक्षका उम्मेदवार खनालले अहिले प्रतिवर्ष थोरैमा पनि १ सय जना कामदार विदेश नपठाए मेनपावर कम्पनीको लाइसेन्स नै खारेज हुने प्रावधान रोक्नका लागि आफ्नो उम्मेदवारी रहेको बताए ।
माओवादी केन्द्र र एकीकृत समाजवादीनिकट व्यवसायीको पनि संयुक्त प्यानल घोषणा गरेर चुनावमा गएका छन् ।

डा. ईश्वर जिसी नेतृत्वको यो टीममा प्रथम उपाध्यक्षमा धनलाल जैसी, द्वितीय उपाध्यक्षमा बाबुराम खड्का र तृतीय उपाध्यक्षमा अनिल बोगटीको मनोनयन छ । महासचिवमा मधुकर रिजाल, सचिवमा टक्करबहादुर पाख्रिन र कोषाध्यक्षमा केदारनाथ अधिकारीले उम्मेदवारी दिएका छन् । सदस्यमा १० जना रहेका छन् ।सदस्यमा शेरमान ग्लोबल म्यानेजमेन्ट ओभरसिज प्रा.लि.का गणेश कुँवर, आयुष ओभरसिज प्रा.लि.का कामेश्वर साह राहुल, फ्युचर लिंक इन्टरनेशनल प्रा.लि.का फिरोज खान, एसआर ग्रुप कम्पनीका सन्दीप पुडासैनी, ग्यालेक्सी युनिभर्सल सर्भिस प्रा.लि.का एक नारायण काफ्ले, पाण्डा ह्युमन रिसोर्सेज प्रा.लि.का प्रेमबहादुर गिरी, दि एक्वायर ग्रुप प्रा.लि.की देवी माया थापा, शिभम् इन्टरनेशनल म्यानपावर सर्भिस प्रा.लि.का शिवबहादुर कुँवर र स्यारोन म्यानपावर सर्भिस प्रा.लि. का सुरज कुशवाह रहेका छन् ।
जिसीले वैदेशिक रोजगारीलाई सम्मानित र पुस्तान्तरणको मुद्दा टीमको योजना रहेको उनको भनाइ छ ।
संयुक्त लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायीको तर्फबाट भुवनसिंह गुरुङको अध्यक्षको उम्मेदवारीसहित प्यानल घोषणा भएको छ । एमालेबाहेकका विभिन्न दलमा आवद्ध सदस्यहरू मिलेर छुट्टै प्यानल खडा गरेका हुन् ।

सो समुहबाट अध्यक्षको उम्मेदवार भुवनसिंह गुरुङ, द्वितीय उपाध्यक्षमा महमद जबार दिन मियाँ, तृतीय उपाध्यक्षमा मोहनकुमार ढुंगेल, सचिवमा प्रेम लावती, कोषाध्यक्षमा हिरादेवी बुढाथोकी र सदस्यमा अन्यले उम्मेदवारी दिएका छन् ।
अध्यक्षका उम्मेदवार गुरुङले आफ्नो टीमको उम्मेदवारी व्यवसायलाई सुरक्षित र मर्यादित बनाउने आफ्नो एजेण्डा रहेको बताए । ४ वटै प्यानलबाट अध्यक्षदेखि सदस्यसम्ममा उम्मेदवारी दिएका उम्मेदवारहरु सबैले आफुले जित्ने दावी गरेका छन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु