दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

टिम च्याम्पियन सोतोकान कराते टोलीलाई सदस्य–सचिवको बधाइ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ माघ ६ गते, शुक्रबार १६:४९

काठमाडौं, माघ ६ गते ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले ३१ औं खुला अन्तर्राष्ट्रिय सोतो कप कराते प्रतियोगितामा टिम च्याम्पियन बन्न सफल नेपाली कराते टोलीलाई शुक्रबार बधाइ दिएका छन् । त्रिपुरेश्वरस्थित राखेपको बैठक कक्षमा आयोजित कार्यक्रममा सदस्य–सचिव घिसिङले टोलीलाई सफलताका लागि बधाइ दिएका हुन् ।
भारतको कोलकातामा पुस २३ देखि २४ गतेसम्म भएको प्रतियोगितामा नेपाल २१ स्वर्ण, १२ रजत र ७ कांस्यसहित टिम च्याम्पियन बन्न सफल भएको नेपाल सोतोकान कराते संघका प्रमुख प्रशिक्षक समेत रहेका महासचिव श्याम शेर्पाले जनाएका छन् ।
प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र भुटान गरी ४ राष्ट्रका करिब ७ सय खेलाडी सहभागी थिए । महासचिव शेर्पाका अनुसार बंगलादेश दोश्रो तथा भारत तेश्रो भए ।
सफल महर्जन, अभिषेक थिङ तामाङ, प्रदीप राई, विप्लव खड्का, प्रशान्त घले, अभिषेक तामाङ, अतित विक, आयुश लामा, रन्जित तामाङ, सुरज सुवेदी, अनिश पौडेल, निश्चल गोले, राजवीर चौधरी, सम्योक सेन्चुरी, सन्जिव तामाङ, नैना मानन्धर, सन्जना भुजेल, प्रवीका मानन्धर, समृद्धि थापा, श्रेया तामाङ र एन्जेला डंगोलले नेपाललाई स्वर्ण दिलाए ।
अदिप लिम्बू, रोचक महर्जन, निश्चल सुनुवार, मविन बुढा मगर, मनोज घलान, कृतिश मानन्धर, सुमित धिमाल, आयुशा महर्जन, निर्भाना महर्जन, विभा पौडेल, आयुष्मा विष्ट र रोजिना योञ्जनले रजत जिते । प्रतियोगितामा नेपालबाट ५७ खेलाडीले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु