
प्रदीप भट्ट – इच्छा शक्ति हुनु पर्छ असम्भव केहि छैन भन्दै गाँउकै एउटा उदारणीय व्यक्ति बन्दै छन् मेलम्ची नगरपालिका वडा नं -९ निवासी शिक्षक विष्णु बहादुर कार्की । पेशाले उहाँ एक शिक्षक हुनुहुन्छ तर जब गाँउमा “खानेपानी पहुँच तथा कृषी आय सुधार आयोजना” आयो त्यसपछि उहाँको पेशा शिक्षकमा मात्र सिमित रहेन । गाँउकै एक विध्यालयमा अध्यापन गराईरहनु भएका ५२ वर्षिय विष्णु बहादुर कार्कीका परिवार संख्या ७ जना छन् । उनका परिवारका सबै सदस्य जागिरे पेसामा संग्लन छन् । परिवार सदस्य ७ जना भएतापनि नियमित घरमा २ जना बुढा बुढि मात्र बस्दछन् । शिक्षक पेशामा रमाइरहनु भएका उहाँले कृषि पेशामा यसरि लगाव देखाउनु भयो कि शिक्षक पेसाको तुलनामा दोब्बर आम्दानि लिन थाल्नु भयो । एक परियोजनाले बदलेको उहाँको पेशा हामिलाई यसरि सुनाउनु भयो । पेशाले शिक्षक नै हुँ । एक दिन मेरो गाँउमा एक ISAP नाम गरेको संस्थाका सरहरुले कृषक समुह बनाउने भनेर किसानहरु जम्मा गर्नको लागि आग्रह गर्नु भयो सोहि अनुरुप हामिले कार्किटोल पिपलटार कृषक समुह निर्माण पनि गर्यौ र पदिय बाडँफाड पनि गरियो र साथै उहाँहरुको कार्यक्रममा एक समुहबाट एक जना अगुवा कृषक छनोट गर्नु पर्ने रहेछ सो पदमा समुहका सबै साथिहरुले मलाई नै छनोट गरिदिनु भयो । जब हाम्रो समुह गठनको प्रकृयामा थियो हामिलाई लागेको थिएनकी हाम्रो जिवनयापनमा यति धेरै परिवर्तन आउछ भनेर , संस्थाले विस्तारै हामिलाई सहयोग सामाग्रिहरु वितरण गर्दै गयो । पहिलो वर्ष संस्थाबाट म आफुले १ नर्सरिघर र १ प्लाष्टिक टनेल प्राप्त गरे । सोहि टनेल सगँ सगै त्यसलाई आवस्यक पर्ने सबै प्रकारका विषादि ,खाध्यत्व, विउ विजन , नर्सरिघर व्यवस्थापन सामग्री पनि प्राप्त गरियो र संस्था मार्फत मेरा समुहका १० जना किसानले प्लाष्टिक टनेल सहयोग प्रप्ता गरे । मेरो लागि भने चै यो टनेल व्यवस्थापन र नर्सरि घर व्यवस्थापन ज्यादै चुनौतिको विषय थियो किनकि मेरो परिवारका कृषिमा संग्लगन सदस्यहरु कोहि थिएन र म आफु पनि शिक्षक पेशामा संग्लगन थिए । समय अभावको बाबजुत पनि म मा तरकारि खेति प्रतिको लगाव र ईच्छाशक्ति जागिसकेको थियो । जब मलाई समय को अभाव महशुस गरे मलाई २ मिनेट पनि धेरै महत्वपुर्ण लाग्न थाल्यो । म बिहान विध्यालय जानु को समय र बिध्यालयबाट फर्केपछिको समय सबै त्यहि टनेनमा हुन्थे । मैले परियोजनाको सहयोगमा धेरै तालिमहरु लिएको छु । संस्थाकै आयोजनामा एक पटक ३ दिने अगुवा कृषक तालिममा पनि सहभागि हुन मौका मिल्यो र त्यहाँ मैले तालिमा मात्र प्राप्त गरिन त्यहाँ मैले कृषिका बिभिन्न विज्ञहरु सगँ कृषि प्रविधिका बारेमा छलफल गर्ने अवसर पाए । त्याहाँ उपस्थित विज्ञहरु मध्ये एक विज्ञ केदार बुढाथोकी सरले भनेको एउटा वाक्य सधै याद आइरहन्छ र म त्यसलाई व्यवहारिक रुपमा पनि लागु गरिरहेको हुन्छु । उहाँले भन्नु हुन्थियो कि “ बोट विरुवा बोल्न त सक्दैन तर पनि हामीले बोट विरुवाले अघोषित रुपमा बोलिरहेको वाक्य सुन्न सक्नु पर्छ , विरुवाले भोक लागेको, रोग लागे के अवस्था छ त्यो वुझन सकियो भने बालि उत्पादनमा कहिल्यै कमि आउदै न” । मलाई यस्तै प्रेरणाले शिक्षक बाट बिस्तारै तरकारि उत्पादन किसानमा रुपान्तरण गर्दै लग्यो । विस्तारै समुहका अन्य सदस्यहरु लाई पनि मैले सिकाउन सक्ने अबस्था सम्म पुगे । केहि रोग किरा लागेमा पहिले मलाई सोध्थे मैले जानेको भन्थिए र नजानेको ISAP कृषि प्राविधिक सरहरुलाई सोध्थे र फिल्डमै आएर सल्लाह सुझाव र व्यवस्थापनको उपाएहरु भन्दिनु हुन्थियो ।

मैले तरकारी खेति गर्दा सके सम्म अर्गानिक खेतिमा बढि जोड दिन कोशिस गरेको छु संस्था बाट भकारो सुधार , झोलमल र कम्पोष्ट मल व्यवस्थापन तालिम र मल बनाउने समाग्रि पाप्त पश्चात सके सम्म मैले रासायिनिक मल र विषादिको प्रयोगलाई कम गरेको छु । मलाई के लाग्छ भने तरकारि उत्पादन बढि भएरमात्र हुदैन त्यो कतिको स्वास्थ छ भन्ने कुरालाई बिचार गरेर उत्पादन गर्दै आइरहेको छु । म आफु पनि स्वस्थ खान्छु र अरुलाई पनि स्वस्थ खुवाउनु मेरो दायित्व हो जस्तो लाग्छ ।मैले संस्थाकै सहयोगमा मैले बजार व्यवस्थापन र रेकर्ड राख्ने सम्बन्धि तालिम पनि प्राप्त गरे त्यसबाट पनि मलाई तरकारि खेतिबाट हुने मुनाफा कसरि हुन्छ र कति सम्म नाफा हुने रहेछ भन्ने जानकारि प्राप्त भयो र मैले त्यसलाई व्यवहारिकतामा उतारिसके पछि यसको महत्वबारे झन धेरै जानकार भए । मैले संस्थाले दिएको १ टनेल र म आफैले हालेको एक टनेल बाट पहिलो वर्षमानै १ लाख ३५ हजार बरावरको गोलभेडा , ब्रो-काउलि १० हजार , काक्रो ,करेला , सिमि लागाएत का तरकारि विक्रि बितरण बाट २० हजार को आम्दानि गरेको थिए । तरकारि खेति सुरु गरेको पहिलो वर्ष तरकारि बजारिकरणको लागि धेरै असहज भएता पनि दोस्रो वर्ष बाट भने संस्थाको सहयोगमा डिजिटल काँटा ,तरकारि बजारिकरणको लागि प्लाष्टिक क्रेट र बजार व्यवस्थापनको लागि तरकारि संकलन शाखा स्थापना भएपछि बजारिकरणको लागि पनि धेरै सहज भएको छ ।

तरकारि संकलन केन्द्र चै हाल सन्चालनमा नआई सकेकोले हामिले यहि शाखा बाट नै मेलम्चि बजार , तिपेनि बजार मोटरसाईकल र बोकेर बजार सम्म पुर्याउदै आएका छौ । यो तरकारि खेतिले मेरो व्यवहारिक जिवनमा मात्र नभएर सामाजिक जिवनमा पनि ठुलो परिवर्तन ल्याएको छ । अहिले मलाई शिक्षक भनेर जतिले चिन्नु हुन्छ एक तरकारि उत्पादक अगुवा किसान भनेर पनि त्यतिले नै चिन्नु हुन्छ । अहिले म सगँ ५ वटा प्लाष्टिक घर छ। संस्था बाट २ वटा र म आफैले ३ वटा टनेल हालेको छु । अहिले सबै टनेलमा गोलभेडा फलिरहेका छन् । यो वर्ष पनि ६५ हजार को गोलभेडा बिक्रि गरिसकेको छु भने यसले अझै ५० बजारको उत्पादन दिने अनुमान गरेको छु । यसै बर्ष मेलम्ची नगरपालिका बाट ५ वटा टनेल प्लाष्टिक र विभिन्न बिषादिहरुको सहयोग पनि प्राप्त गरेको छु । अब यो बर्ष २ वटा प्लाष्टिक टनेल थप्ने योजना पनि राखेको छु । म मेरो व्यक्तिगत र समुहको तर्फबाट खानेपानि पहुँच तथा कृषि सुधार आयोजना लाई धेरै धेरै धन्यवाद दिन चाहान्छु । हामिलाई यतिको सहयोग गर्ने संस्था पाउनु हाम्रो भाग्य हो । र हामिलाई सधै प्राविधिक सहयोगमा सहयोग गर्न केहि कसुर नराख्नु भएका ISAP का सरहरुलाई पनि धेरै धेरै धन्यवाद दिन चाहान्छु ।


