साँगे सभ्यता संरक्षण तथा विकास अभियानको आयोजनामा नव वर्ष २०८२ को उपलक्ष्यमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्ननयाँबसपार्क बचत तथा ऋण सहकारी संस्थाको १४ औँ साधारणसभा तथा अधिवेशन सम्पन्नउत्पादनमा जोड्न महिलालाई बाख्राका पाठी र बोका वितरणचार स्थानीय तहद्वारा नगरकोट भ्रमण वर्ष आयोजना, ११ लाख पर्यटक भित्र्याउने लक्ष्यगायिका देविका बन्दनालाई सम्मान ।। क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम ।।माटोको सुगन्ध लोकार्पण ।। मनमुटु र देशप्रेमले भरिएको सांगीतिक सिर्जना ।।उज्यालो टाईम्सद्वारा नववर्ष २०८२ को शुभकामना सहित भित्तेपात्रो (क्यालेण्डर) बिमोचनयुगिन कलाकार तथा निर्देशक पवन जोशीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड ।। नेवाः साधना कला केन्द्रको गौरबमय सम्मान ।।।बैरो संघको अध्यक्षमा गुरुङ,प्रथम उपाध्यक्षमा श्रेष्ठ, महासचिवमा बस्नेत र कोसाध्यक्षमा सिन्जाली विजयी,सबैसङ्ग सहकार्य गरेर अगाडी बढने गुरुङको घोषणा१९ मा हिमाल र इभाना च्याम्पियन

मागी बिवाह गर्दा गर्नै नहुने ५ गल्ती

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन २५ गते, बिहीबार ००:४९

काठमाडौं : नेपाललाई संस्कार र सभ्यताको देश भनिन्छ । यहाँको परम्परा र रीतिरिवाजको आफ्नै पहिचान छ । बिवाह पनि यहाँ फरक फरक परम्परा र संस्कृति अनुसार हुन्छ, चाहे त्यो प्रेम बिवाह होस् वा मागी बिवाह । यति तपाइँले आफ्नो जीवनसाथी छान्नुभएको छ भने ठिकै छ । यदि छैन भने घरका अन्य सदस्यहरुले तपाइँको लागि जीवनसाथी छान्ने काम गर्नुहुन्छ । यदि तपाइँहरु मागी बिवाह गर्न गइरहनु भएको छ भने बिशेषतः यी ५ कुराहरुमा ध्यान दिनुपर्छ ।

१. समय निर्धारणः जब तपाइँको परिवारले तपाइँको बिवाहको बारेमा कसैसँग कुरा गर्नुभएको छ भने तुरुन्त बिवाह नगर्नुस् । बिवाह भन्दा पहिला हुनेवाला जीवनसाथीसँग केहि समय बिताउनुहोस् । यसबाट एकअर्कालाई बुझ्न सजिलो हुन्छ ।

२. केहि नलुकाउनुस्ः बिवाह भन्दा पहिला कसैसँग प्रेमसम्बन्धमा भएमा त्यसको बारेमा सबै साँचो कुराहरु भन्नुहोस् । यसबाट तपाइँको आउने जीवनको सम्बन्धमा सुधार ल्याउनुको साथै जीवनसाथीलाई तपाइँप्रतिको विश्वास पनि बढ्छ ।

३. आर्थिक साझेदारीः बिवाहभन्दा पहिला आफ्नो र जीवनसाथीको कमाईको बारेमा पनि एकअर्कालाई जानकारी गराउनु जरुरी हुन्छ । यसबाट सम्बन्धमा समझदारी बढ्छ ।

४. परिवारिक कुराः जोसँग बिवाह गर्न लागेको छ उसको परिवारसँग पनि समय बिताउनु जरुरी छ । बिवाहले दुई परिवारलाई आपसमा जोड्ने काम गर्छ । यसकारण एकअर्काको परिवारसँग पनि समय बिताउनु जरुरी हुन्छ ।

५. इच्छा चाहनाः बिवाह भन्दा पहिलानै आफ्नो हुनेवाला जीवनसाथीलाई मनका कुराहरु सबै भन्नुहोस् । हुनेवाला जीवनसाथीलाई बिवाहपछिको आफ्नो चाहनाको बारेमा पनि जानकारी गराउनुहोस् । केहि नयाँ काम गर्न चाहेको भएपनि आफ्नो पार्टनरलाई सबैकुरा भन्नुहोस् ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु