दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

” सरस्वती पूजा- नयाँ भर्ना, शुभ कार्य र एक पर्व “

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ माघ ११ गते, बुधबार ९:०३

प्रल्हाद दाहाल- शिक्षासेवी तथा समाजसेवी

सरस्वती मया दृष्टा वीणापुस्तकधारिणी
हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे
प्रथमं भारती नाम द्वितीयञ्च सरस्वती
तृतीयं शारदा देवी चतुर्थ हंसवाहिनी
पञ्चमं तु जगन्माता षष्ठं वागीश्वरी तथा
सप्तमं चैव कौमारी अष्टमं वरदायिनी
नवमं बुद्धिदात्री च दशमं ब्रह्मचारिणी
एकादशं चन्द्रघण्टा द्वादशं भुवनेश्वरी
द्वादशै तानि नामानि त्रिसन्ध्यं य पठेन्नरः
जिव्हाग्रे वसते तस्य ब्रह्मरूपा सरस्वती !!!

श्रीपञ्चमी अथवा बसन्त पञ्चमी सनातन हिन्दूहरुको एक विशेष पर्व हो । यस दिन विद्याकी देवि सरस्वतीलाई विभिन्न किसिम ले पूजा आरधाना गरि मनाइन्छ । यो पर्व हरेक वर्ष माघ शुक्ल पञ्चमीको दिन पर्दछ । विभिन्न किंवदन्ति अनुसार सृष्टिको प्रारम्भिक कालमा भगवान विष्णुको आज्ञानुसार ब्रह्माले जीवहरुको सृष्टि गर्नु भयो भन्ने छ । सरस्वतीलाई बागीश्वरी, भगवती, शारदा, वीणावादनी र वाग्देवी, सरस्वती, शारदा, जगत्माता, कौमारी, वरदायिनी, कामधेनु आदि हजारौँ नामहरूले पूजा गरिन्छ । यिनी विद्या र बुद्धि प्रदातृ मानिन्छिन्। संगीतको उत्पत्ति गरेको कारण यिनलाई संगीतकी देवी पनि भनिन्छ ।

श्रीपञ्चमीका दिन कामदेव र रतिको पनि पूजा गरिन्छ। वसन्तका प्रतीक कामदेव र उनकी स्त्री रतिको विशेष स्मरण गर्ने दिन वसन्तको आगमन उत्सव वसन्तराग गाउने पनि चलन रहेको छ । कला र गलाका पारखीहरूका लागि सरस्वती साधना गर्ने प्रमुख दिन श्रीपञ्चमी भनौँ वसन्त पञ्चमी नै हो । वसन्त पञ्चमीको दिनलाई यिनको जन्मोत्सवको रूपमा पनि मनाइन्छ । सरस्वतीको रूपमा यिनी हाम्रो बुद्धि, प्रज्ञा तथा मनोवृत्तिहरूकी संरक्षिका हुन् । हामीमा जो आचार र मेधा छ त्यसको आधार भगवती सरस्वती नैं हुन् । यिनको समृद्धि र स्वरूपको वैभव अद्भुत छ । उत्साह, लगनशीलता र अथक प्रयासलाई नै सफलताको प्रेरक मान्ने देवी विद्याकी खानी नै हुन् । सबैभन्दा उत्तम धन भनेको विद्या नै हो । विद्याहीन व्यक्ति भाग्यबाट पनि टाढा रहन्छ। नैतिकता, लज्जा, त्याग, सेवा र समर्पण भाव नै विद्याका गहनाहरू हुन् ।

विद्याकी देवी सरस्वतीलाई विभिन्न व्यक्तिहरुले विभिन्न
तवरले पूजा अर्चना गर्ने प्रचलन छ । बौद्धधर्मीहरूले उनलाई मञ्जुश्रीका नामले चिन्दछन् भने उनका विभिन्न स्वरूपका चिन्तन गर्दै यस दिन बालबालिका अक्षरम्भ गर्छन् । बुद्धिजीवीहरू विशेषज्ञता प्राप्त गर्ने प्रयास गर्छन्। सरस्वतीको वाहन राजहंसले दूध र पानीलाई सहजै छुट्याउन सकेझैँ ठीक वा बेठिकको सही पहिचानको ज्ञान, बुद्धि, संयम र विवेक प्रदायिनी देवी सरस्वतीको कृपा प्रसादबाटै मानव मस्तिष्कको अथाह ज्ञान प्रयोग गर्दै आजको संसार विज्ञानमय बनेको छ र सर्वसुलभ सुविधा प्राप्त गरेको छ भन्ने विश्वास छ । संस्कार, सभ्यता र संस्कृतिकी श्रोत महादेवी सरस्वती जयन्तीका दिन नाक, कान, छेड्नेदेखि अन्य शुभकार्यहरू आरम्भ गर्दा कुनै साइत जुराउनु पर्दैन भन्ने चलन छ । यस दिन वर्तवन्ध, विवाह, जग पूजा लगायतका शुभ कार्यहरु गरिन्छ । यस दिन विद्यार्थीहरू घरै बसेर पनि सरस्वती साधना गर्छन् भने विद्यालय, महाविद्यालय वा आ आफ्ना पराक्रम स्थलहरूमा वा मन्दिर विशेषमा उनको उपासना गर्ने गर्छन् । धातु या मूर्तिमा वा प्रतिमा या उनका चित्र अङ्कति फोटोहरू सजाएर आफ्नो साधनालाई निरन्तरता दिने सन्दर्भमा साधकहरू देवीलाई मनपर्ने दही, दूध, घ्यू, मह, चिनी, नैवेद्यहरू, फलफूल, मिठाई, कपुर, वस्त्र, भेटी, चन्दन, अगरु, शफ्, बेल, मूला, लड्डु नरिवल आदि अर्पण गर्ने गर्छन् ।

सरस्वतीका प्रसिद्ध पीठहरूमध्ये काठमाडौँ उपत्यकामा जयवागीश्वरी, स्वयम्भूमा मञ्जुश्री, हाँडीगाउँ, बल्खु, गैह्रीधारा, भक्तपुरको थाकलमाठको सरस्वती मन्दिर र हनुमानघाटको नीलसरस्वती, ललितपुरको लेलेस्थित सरस्वती मन्दिरहरूमा सरस्वती जयन्तीका दिन विशेष भीड लाग्ने गर्दछ। तराई क्षेत्रमा माटाका सरस्वती मूर्ति बनाई पूजा गर्ने चलन छ । मूर्तिमा प्राण प्रतिष्ठा गरी धूमधाम पूजा र बाजागाजा गरी जलाशयमा बिसर्जन गर्ने चलन देखिन्छ। सरस्वतीको सेवाले व्यक्ति हरेक क्षेत्रमा सफल हुने मान्यता रहिआएको छ ।
यो२१ औं शताब्दीअनुकूल र विद्यार्थीमैत्री शिक्षाकाे वकालत आजको मुख्य आवश्यक विषय हो । अब हामीले अनावश्यक अरु विषयमा तर्क वितर्क गर्दै समय खर्चनुभन्दा सकारात्मक तवरले २१ औं शताब्दी सुहाउँदो शिक्षाको विषयमा वहस चलाउनु बेस हुन्छ । हाम्रो विद्यालयमा हामीले सरस्वती पूजालाई लक्षित गरि निशुल्क किताब, निशुल्क पाेसाक, निशुल्क शैक्षिक सामग्री, निशुल्क भर्ना र महिना शुल्क समेत छुटको घाेषणा गरि भर्ना लिनुभन्दा अबको शिक्षा कस्तो हुनुपर्ने हो ? हाम्रो आवश्यक के हो ? भन्ने जस्ता विषयमा वहस चलाउन आवश्यक छ । आज भोलि हामीले गरेका यस्ता क्रियाकलापहरुले निजी विद्यालयहरु आफैं अस्वस्थकर बन्दै गएकाे देखिन्छ । अब हामीले त्यसको सट्टा समसामयिक शिक्षाका लागि तालिम, जीवनाेपयाेगी शिक्षाका लागि यति काेटा, व्यक्तित्व विकासका लागि याे प्याकेज भनी आम अभिभावक माझमा ल्याउन सक्नुपर्छ । यस्ता विषयहरूले आम विद्यार्थीको हित गर्ने देखिन्छन् । नवीनभन्दा नवीन शिक्षण सिकाइ विधि तथा प्रविधिहरू विश्व बजारमा आइरहेका छन् । अबको हाम्रो ध्यान त्यता जान सक्ने हो भने विद्यार्थी तथा विद्यालयमा पनि युग सुहाउँदाे शिक्षाकाे वातावरण बन्दैछ भन्ने सङ्केत पाइन्छ। फगत् नि:शुल्क किताब, नि:शुल्क पाेसाक र अन्य नि:शुल्क अफरले शिक्षाकाे गुणस्तरमा हैन शिक्षाकाे व्यापारमा मात्रै जाेड गरेकाे अनुभुति हुन्छ। निशुल्क पढाउने, निशुल्क किताब र पाेसाक बाँड्ने कुराले विद्यालयका हरेक गतिविधि सकारात्मकभन्दा बढी नकारात्मक भएको देखिन सक्छ । साना, मझौला खालका विद्यालयले यस्ता खालका गतिविधि बढि गर्ने देखिन्छ। यसले केहि वर्गलाई हित गरेको पनि पाइन्छ । तर समग्रमा यसले जति हित गर्नुपर्ने हो त्यति चाहिँ कसैलाई पनि गरेको देखिंदैन । नि:शुल्क गर्दा गुणस्तरीय जनशक्ति खपत गर्न नसक्ने र त्यसकाे प्रत्यक्ष असर विद्यार्थी माझ पर्नसक्ने भएकाले त्यस किसिमकाे व्यापारमुखी विज्ञापनकाे पछि अभिभावकहरु लाग्ने कुरा अत्यन्तै कम हुन्छ । बरू हामीले याे नवीन पद्धतिमा काम गर्छाैँ, याे गतिविधि मार्फत् विद्यार्थीकाे क्षमता बढाउँछाैँ, याे सालकाे शैक्षणिक पद्धति याे छ भनेर प्रवर्द्धन गर्न सकेको खण्डमा स्कुलमा गुणस्तरीय शिक्षाकाे प्रयास भइरहेकाे बुझाई भइ त्यसले विद्यालयलाई फाइदा हुनसक्छ । नि:शुल्क किताब, पाेसाक र अन्य कुराकाे नि:शुल्क अफर गर्नाले आम अभिभावकमा सकारात्मकभन्दा नकारात्मक असर बढि पर्नसक्छ । निजि विद्यालयमा सबै फ्रि नै फ्रि गर्दा आर्थिक रुपमा सवल हुन नसकिने र व्यवस्थापनमा कठिन हुनसक्छ । अनि हाम्रा बालबालिकाहरूलाई स्वस्थ वातावरण प्रदान गर्न त्यस प्रकृतिको विज्ञापनिक व्यवस्थापनले सहयाेग गर्दैन । नि:शुल्क केही बाँडेका भरमा विद्यार्थी वा अभिभावक आकर्षण हुने प्रवृत्ति अब बिस्तार हट्दै छ । केही तहका विद्यालयहरूबाट गुणस्तरभन्दा व्यापारमा ध्यान दिने प्रवृत्ति भएसम्म यो प्रवृत्ति रहिरहन सक्छ । त्यस्ता प्रवृत्तिका कारण निजी स्कुल तथा कलेजमा आजभोलि अलि अलि बाँकी रहेकाे सम्भावना पनि ध्वस्त हुने हो कि भन्ने चिन्ता देखिन थालेको छ। तथापि सरस्वती पूजामा नयाँ नानीबाबुहरू भर्ना गर्दा त्यस विद्यालयकाे व्यवस्थापन, नेतृत्व, प्रशासन, भिजन, सक्रियता, संचालक आदिलाई राम्ररी अध्ययन गरेर मात्र भर्ना गर्नु पर्ने हुन्छ । निशुल्क किताब, पाेसाक र अन्य अफरमा नलागि त्यहाँकाे शैक्षिक तथा प्राज्ञिक वातावरणलाई राम्राे अध्ययन गर्न सम्पूर्ण अभिभावक वर्गले ध्यान दिन जरुरी हुन्छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु