दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

स्टार्स मन्टेश्वरी एकेडमीले सरस्वती पूजा र अक्षरारम्भ कार्यक्रमको आयोजना

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ माघ १३ गते, शुक्रबार ७:४४

चितवन । भरतपुर -११, मालपोतचोक स्थित स्टार्स मन्टेश्वरी एकेडमीले सरस्वती पूजा र अक्षरारम्भ कार्यक्रमको आयोजना गरेर राम्रो सन्देश दिएको छ । विद्यालय प्रवेश नगरेका बालबालिकालाई विद्यालय ल्याउने, कलम नसमातेका हातहरुमा कलम कापी थमाउने र अक्षर लेख्न सिकाउने कार्य गरेको छ । विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजा आरधना गर्दै नयाँ बालबालिकालाई स्टार्स मन्टेश्वरीले अक्षरारम्भ गराएको हो ।

“जहाँबाट तपाईंका नानीबाबुको भविष्य निर्माणको पहिलो पाइला सुरु हुन्छ” भन्ने मुल नाराका साथ २०६७ सालदेखि सञ्चालनमा रहेको स्टार्स मन्टेश्वरीमा नयांँ बालबालिकाहरुको बाक्लो सहभागिता रहेको मन्टेश्वरीका प्रबन्ध निर्देशक गणेश रानाले जानकारी दिए । शान्त र पारिवारिक वातावरणमा बाल मनोविज्ञानद्धारा बालबालिकालाई खेल्दै सिकाउंँ आएको स्टार्स मन्टेश्वरीमा श्रीपञ्चमीका दिन सरस्वती पूजा गराएर नयाँ कुरा सिक्ने वातावरण प्रदान गरेर मन्टेश्वरीले सबै अभिभावकको प्रशंसा पाएको बताउनुभयो ।

शान्त र पारिवारिक वातावरणमा बाल मनोविज्ञानद्धारा बालबालिकालाई खेल्दै सिकाउंँदै आएको स्टार्स मन्टेश्वरीमा प्लेग्रुप , नर्सरीदेखि युकेजी सम्मका कक्षाहरु सञ्चालनमा छन्न । दक्ष तथा अनुभवी शिक्षकहरुद्धारा पठनपाठन गरिने मन्टेश्वरीमा बालबालिकाको लागि अतिरिक्त क्रियाकलाप, नाचगान, इन्डोर गेमका साथै स्वस्थ खाना तथा खाजाको व्यवस्था रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु