
१३ माघ २०७९ शर्मिला विश्वकर्मा, ललितपुर
मस्तिष्क पक्षाघात स्वावलम्बन समुह नेपालले हिजो माघ १२ गते विहिबारका दिन सरस्वती पुजाको अवसर पारेर ” आउ साथी एउटा खुशीको दियो बाल्यौ” बोलको जागरण गीत प्रवर्धनका लागि गिती मेलाको आयोजना गर्यो ।
मस्तिष्क पक्षाघात स्वावलम्बन समुह नेपालका कार्यकारी अधिकृत विमललाल श्रेष्ठको परिकल्पनामा स्टुडियो साउण्ड मिलको प्रस्तुती रहेको छ । समाजमा अपाङ्गता भएका व्यक्तिहरु प्रति जनचेतना जगाउने उदेश्यले ल्याइएको यस गीतमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, रामकृष्ण ढकाल, बुनु श्रेष्ठ, अञ्जु पन्त, शिव परियार, अस्मिता अधिकारी, पुष्पन प्रधान लगायतकले गाउन भएको छ । अपाङ्गता भएका व्यक्तिहरुका सवालमा सकारात्मक सन्देश दिने यस जागरण गीतको संगित संयोजन महेश्वर राजमान भण्डरीको मिक्सिङ् तथा मास्टरिङ् रहेको छ भने निरज श्रेष्ठको संगीत संयोजन रहेको छ ।
समाजसेवी तथा संगितकार नरेश प्रधानको शब्द र वरिष्ठ संगितकार शक्तिबल्भको संगित रहेको यस गितको भिडियोमा रश्मी भट्ट, उशा रजत, रक्षा थापा, सुन्दर धिताल, प्रिन्स प्रसिद सिंह थापा, विकास रिमाल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
मोहन राई खतिवडाले निर्देशन गर्नु भएको ” आउ साथी एउटा खुशीको दियो बाल्यौ” बोलको जागरण गीतलाई गत २०१९ डिसेम्बर ३ तारिकमा अपाङ्गता भएका व्यक्तिहरुको अन्तराष्ट्रिय दिवसका दिन तत्कालिन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले विमोचन गर्नु भएको थियो ।

सरस्वती पुजाका अवसरमा ललितपुरको मस्तिष्क पक्षाघात स्वावलम्बन समुह नेपलले गिती मेला कार्यक्रम गरी यस गीत प्रवर्धनका लागि सहयोग गरेको हो । यसै अवसरमा मस्तिष्क पक्षाघात तथा अन्य अपाङ्गता भएका बालबालिकाहरु र कोपिला नेपालका बालबालिकाहरुले यसै गीतमा नृत्य प्रस्तुत गरेका थिए ।
यस कार्यक्रमका प्रमुख अतिथि एवं अष्ट्रेलियाका राजदुत फेलिसिटी भेल्क HE Felicity Volk ले यस संस्थाको अवलोकन गर्दै मस्तिष्क पक्षाघात अपाङ्गता भएका व्यक्तिहरुका लागि संस्थाले उत्कृष्ट काम गरेको भन्दै यस्ता अपाङ्गता भएका व्यक्तिहरुको क्षेत्रमा अझै थप कार्यक्रमहरु सञ्चलन गर्नका लागि आवश्यक सहयोग गर्ने बताउनु भयो । यसै क्रममा उहाँले ” आउ साथी एउटा खुशीको दियो बाल्यौ” बोलको जागरण गीत ज्यादै प्रेरणादयी र जनचेतना मूलक रहेकोले यसको प्रवर्धनका लागि पनि आफ्ना कार्यक्रमहरुम समावेश गराउने बताउनु भयो ।
उक्त गिती मेल कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, अमन श्रेष्ठ, त्यसै गरी यसै गीतकी गायिका बुनु श्रेष्ठ, बाग्मती प्रदेश सभा सदस्य लक्ष्मी घिमिरे र विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरु, उनीहरुक अभिभावकहरु तथा विभिन्न संघ संस्थाका प्रतिनिधहरुको सहभागीता रहेको थियो ।


