
काठमाडौं, १३ माघ । गृहमन्त्री रवि लामिछानेको सांसद पद गएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कानूनबमोजिम नेपालको नागरिकता पुनः प्राप्त नगरेको ठहर सुनाएको छ ।
यसमा लामिछाने दोषी ठहर भएका हुन् । इजलाशमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हा थिए । लामिछाने मंसिर ४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा चितवन-२ बाट निर्वाचित भएका थिए। सर्वोच्चको यो फैसलासँगै सो क्षेत्रमा उपनिर्वाचन हुने भएको छ।


