दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सरस्वती कराते कपको उपाधी इचङुनारायण र ब्रह्मास्मीलाई

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ माघ १५ गते, आईतवार १९:४७

काठमाडौ ।प्रथम सरस्वती कप सिनियर÷जुनियरको उपाधी इचङुनारायण डोजो र ब्रह्मास्मी स्कुलले जितेको छ । नेपाल वादोरियो कराते सरस्वती डोजोको आयोजनामा माघ १३ र १४ गते भएको प्रथम सरस्वती कपको सिनियर एण्ड जुनियर करातेको उपाधी सिनियरतर्फ इचङुनारायण डोजोले जितेको हो ।
कुल १४ स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा इचङुले २ स्वर्ण २ रजत र ५ कास्य पदक जित्न सफल भयो । दोस्रो भएको च्याम्पियन मार्सल आर्ट एकेडेमीले २ स्वर्ण १ रजत र ३ कास्य हात पा¥यो । तेस्रो भएको मनमैजु डोजोले २ स्वर्ण १ रजत र ३ कास्य जित्यो । आयोजक सरस्वती डोजोले भने १ स्वर्ण ५ रजत र ५ कास्यमा चित्त बुझायो ।
त्यस्तै जुनियर तर्फ भने ब्रहमाषस्मी स्कुल प्रथम भएको छ । ब्रहमास्मीले ६ स्वर्ण ६ रजत र ७ कास्य हात पार्दा ५ स्वर्ण २ रजत र १ कास्य पदक सहित पाँचपोखरी स्कुल टिम दोस्रो बन्यो । त्यसैगरी ३ स्वर्ण ५ रजत र ८ कास्य जितेको योङहार्ट स्कुल टिम तेस्रो बन्यो ।
दुई दिन चलेको प्रतियोगिताको उदघाट्न प्रतिनिधिसभा सदस्य सन्तोष चालिसेले गरेका थिए । विजयी खेलाडीहरुलाई मेडल तथा प्रमाण पत्र गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक रिसाल, वडा अध्यक्ष नारायण सुवेदी, नेपाल कराते महासंघका महासचिव हरिशरण केसी लगाएतले वितरण गरेका थिए । प्रतियोगितामा विभिन्न जिल्लाबाट २५ वटा स्कुल÷डोजोका ३५० खेलाडीले सहभागिता जनाएका थिए ।
सिनियर इभेन्ट्मा क्रमश ः रू. २५ हजार १५ हजार र १० हजार नगद पुरस्कार प्रदान गरिएको थियो । गोकर्णेश्वर नगरपालिकाको सहयोगमा प्रतियोगिता आयोजना गरिएको प्रतियोगिताका संयोजक समेत रहेका सरस्वती डोजोका प्रमुख प्रशिक्षक पुरुषोत्तम पोखरेलले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु