
–शिव अधिकारी-
पुर्खाको छ अपार शक्ति सुखको आशिष नै अमृत
आफ्नो ज्यान दिएर यो भुमि दिदा हुन्थे सधै गर्वित
कैल्यै सम्झनु ख्वै परेन तिनले आफ्ना कुनै सन्तति
तिन्कलागि भए सबै ति जनता सन्तान जे जे जति ।। १ ।।
छाती खोली पिएर गोली तिनले विरत्व जागा गरे
ख्वै तिन्को शुभ कर्म सम्झि अहिले नेता बनेका अरे
भ्रष्टाचार कतै थिएन उनको समाज छल्ने कुरा
यो श्रृष्टि अव फेर्नु पर्छ रसिला बन्छन कुना कन्दरा ।। २ ।।
यो भूमि अहिले छ प्रिय सबको यै स्वर्गको रम्झम
यै धर्ति भरि चम्किने प्रकृतिको आभा बनि हर्दम
फल्छन अमृतका अनेकन कुरा संञ्जिबनी फाँटमा
पाखा पर्वतको चुली छ हिउले ढाकि सधै शिरमा ।। ३ ।।
मान्छे पूर्ण सधै छ प्रेम लहरी बाँडेर आफै संग
पाखामा ढकमक्क छन फुलहरु सुभाषले मग्मग
फूलै फूल फुलेर सुन्दर बने पाखा पखेर हरु
आफैमा ढकमक्क छन ति मुजुरा क्वँै छैन यस्तो अरु ।। ४ ।।
यस्तो अमृतको मिठो रस भरि बाडेर संञ्जिवनी
सारा सन्तति हुन अजम्बरी भनि त्यागि दिए जिवनी
छातिमा जब बज्रियो अधमको गोली निलेको दिन
त्यस्ता पृय शहिदका प्रति सधै श्रद्धाञ्जली अर्पन ।। ५ ।।
बबाधामको कोसेली १६ माघ २०७९
शिव अधिकारी
शहिद प्रति श्रद्धा सुमन बाबाधाम अधिकारी परिवार


