
काठमाडौं। नेपाली चलचित्र उद्योगको बेजोड जोडी दीपकराज गिरी तथा दीपाश्री निरौलोको विलकुलै नयाँ चलचित्र ‘छक्का पञ्जा ४’ को पहिलो गीत सार्वजनिक भएको छ। सोमबार दर्शन सलाम बोलको गीत युटुयुबबाट सार्वजनिक भएको हो ।
उक्त गीतमा स्वस्तिमा खड्का, दीपाश्री निरौला, दीपकराज गिरी, राज आचार्यलगायत फिचर्ड छन् । हेमराज बिसिद्वारा निर्देशित चलत्रिचलाई नरेन्द्र मैनालीको छायांकन गरेका छन् भने कार्यकारी निर्माता केदार प्रसाद घिमिरे र निर्मल शर्मा रहेका छन् ।
आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण चलचित्रमा दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, मलिना जोशी, केदार प्रसाद घिमिरे (माग्ने बुढा), राज आचार्य लगायतका कलाकार रहेका छन् । चलचित्र आगामी फागुन १९ गते देशभर प्रदर्शन हुने निर्माण युनिटले जनाएको छ।


