दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

अकी र आरभको जोडीलाई सफलता

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ माघ १८ गते, बुधबार ४:०५

काठमाडौ ।नेपालका अकी जुवेन रावत र अमेरिकाका आरभसम्राट हाडाको जोडीले आईटीएफ वल्र्ड टेनिस टुर जे ६० काठमाडौंअन्तर्गत सर्किट १ को ब्वाइज डबल्समा मंगलबार सफलता पाएका छन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा उक्त जोडीले नेपालका आयुशमान हजुर घले र दक्षिण कोरियाका होङ ह्वाङको जोडीलाई ६–१ र ६–२ को सोझो सेटमा पराजित गरे । अन्य खेलमा भारतका स्मिट निलेशभाइ पटेल र देबसिश साहु, चीनका फान्मिङ मेङ र हङकङका युएन वोङ, भियतनामका फाम ला होङ र रान क्वेक कुङ, हङकङका होङ क्यु लाउ र भारतका वंश नन्दल, भारतका हर्ष फोगात र नाभ्या वर्मा, दक्षिण कोरियाका जियोम डो र वोनमिन किम तथा भारतका सेहजसिंह पवार र प्रत्येशको जोडीले जित हात पारे ।
गल्र्स डबल्समा नेपालका शर्भानी श्रेष्ठ र सुनिरा थापाको जोडीले भारतका सराह गोम्स र तनिशा रोयको जोडीलाई ७–५ र ६–१ को सेटमा हराए । सोही स्पर्धामा बेल्जियमकी केमिले फिसेट र हङकङका लिङ छुन वोङ, भारतका अनुष्का भोला र मेहक कपुर, थाइल्यान्डकी कान्छ्या छुङवातना र भारतकी अमोदिनी नायक, भारतका अर्जन खोराकिवाला र समैरा पाहवा, भारतका काइरा सिद्धार्थ चेतनानी र दुर्गान्सी कुमार, भारतका सिम्रिन अहमद र सौम्य रोन्डे तथा मंगोलियाका मरालगु चोक्सोम्जाभ र मार्ता चोक्सोम्जाभको जोडी विजयी भए ।
ब्वाइज सिंगल्समा भारतका नाभ्या वर्मा, सेहजसिंह पवार र हर्ष फोगात तथा ताइपेईंका काइ इन याङले जित आत्मासात् गरे । गल्र्स सिंगल्समा मंगोलियाका मार्ता र मरालगु, भारतका सौम्य रोन्डे तथा भारतका सेरेना रोड्रिक्सले जित रचे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु