
देशभर बलात्कारका घटना बढिरहेका बेला रुपन्देहीको बुटवलमा सामुहिक बलात्कार भएको घटना सार्बजनिक भएको छ ।रुपन्देहीको देबदह नगरपालिका वडा नम्बर १० चरंगेमा सो घटना घटेको हो ।घटना असोज २३ गते बेलुका ८ बजेको हो । बुटवलमा चलिरहेको मेला घुमाएर नजिकै रहेको शिबनगर बनमा मोटरसाइकलमा पुर्याएर सामुहिक बलात्कार गरिएको प्रहरीमा पिडित युवतीले उजुरी दिएकी हुन् ।
देबदह वडा नम्बर १० चरंगे निबासी १६ बर्षे किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा रुपन्देही देवदह नगरपालिका वडा नं.१० बस्ने बर्ष ३५ का उदय थापा र वुटवल उपमहानगरपालिका वडा नं.७ बस्ने बर्ष २६ को कृष्ण थापा पक्राउ परेका छन् ।
घटनास्थलबाट ४ थान कण्डम,फुटेका चुरा, र ४ वटा खोल भेटिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरिक्षक हृदय थापाले बताए ।
प्रहरीले इलाका प्रहरी कार्यालय बुटवलमा पत्रकार सम्मेलन गर्दै उनीहरुलाइ सार्बजनिक गरेको हो । सो घटनामा अन्य मानिसहरुको पनि संलग्नता रहेको हुनसक्ने इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरिक्षक डिलबहादुर मल्लले बताए ।
पक्राउपरेका उदय काठमो काम गर्छन भने कृष्ण गाडि स्टाफ हुन् । ती किशोरीले काठको काम गर्ने बुझिएको छ ।घटनामा संलग्न रहेका अर्का एक ब्यक्ति जस्ले ती किशोरीलाइ मोटरसाइकलमा बसालेर जंगल पुर्याएका थिए उनी भने फरार छन् ।
अदालती प्रकृया पुर्याएर उनको घटना दर्ता भएको प्रहरीको भनाइ छ । ती किशोरी उपचारपछि अहिले घरमै आराम गरिरहेकी छन् ।-nagarikaawaj


