साँगे सभ्यता संरक्षण तथा विकास अभियानको आयोजनामा नव वर्ष २०८२ को उपलक्ष्यमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्ननयाँबसपार्क बचत तथा ऋण सहकारी संस्थाको १४ औँ साधारणसभा तथा अधिवेशन सम्पन्नउत्पादनमा जोड्न महिलालाई बाख्राका पाठी र बोका वितरणचार स्थानीय तहद्वारा नगरकोट भ्रमण वर्ष आयोजना, ११ लाख पर्यटक भित्र्याउने लक्ष्यगायिका देविका बन्दनालाई सम्मान ।। क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम ।।माटोको सुगन्ध लोकार्पण ।। मनमुटु र देशप्रेमले भरिएको सांगीतिक सिर्जना ।।उज्यालो टाईम्सद्वारा नववर्ष २०८२ को शुभकामना सहित भित्तेपात्रो (क्यालेण्डर) बिमोचनयुगिन कलाकार तथा निर्देशक पवन जोशीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड ।। नेवाः साधना कला केन्द्रको गौरबमय सम्मान ।।।बैरो संघको अध्यक्षमा गुरुङ,प्रथम उपाध्यक्षमा श्रेष्ठ, महासचिवमा बस्नेत र कोसाध्यक्षमा सिन्जाली विजयी,सबैसङ्ग सहकार्य गरेर अगाडी बढने गुरुङको घोषणा१९ मा हिमाल र इभाना च्याम्पियन

सञ्चालक र निर्देशकहरुबीच परिचयात्मक एवम् भेटघाट कार्यक्रम सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ माघ २२ गते, आईतवार ०५:३१

भरतपुर/उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.का सञ्चालक र निर्देशकहरुबीच परिचयात्मक एवम् भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.का अध्यक्ष राजु भट्टको अध्यक्षमा सम्पन्न कार्यक्रममा प्रहरी नायव उपनिरीक्षक रामकृष्ण सापकोटा प्रमुख अतिथि रहनुभएको थियो । प्रमुख अतिथि सापकोटाले राष्ट्रको चौथो अंगको रुपमा रहेको पत्रकारिता क्षेत्रले देशको आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको बताउनु भयो । प्रमुख अतिथि सापकोटाले चितवनमा लामो समयदेखि स्थापना भई मिडियासँग सम्बन्धित विभिन्न माध्यमबाट समाज रुपान्तरणमा आफ्नो योगदान पु¥याउँदै आएको उज्यालो टाईम्स मिडियाले आगामि दिनमा अझ सशक्त रुपमा आफ्नो व्यवसायिक यात्रामा अघि बढाउने विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि होटल व्यवसायी संघ चितवनका उपाध्यक्ष कृष्ण प्रसाद भट्ट, रोटरी क्लव अफ नारायणी मिट टाउनका प्रथम उपाध्यक्ष भुपेन्द्र श्रेष्ठले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.का अध्यक्ष राजु भट्टले स्वागतसँगै कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको कार्यक्रममा प्रा.लि.द्वारा सञ्चालित उज्यालो टाईम्स डटकमको रिक्त रहेको निर्देशक पदमा युवा व्यवसायी एवम् समाजसेवी भरतपुर–३ निवासी राजकुमार श्रेष्ठलाई चयन गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि एवम् विशिष्ट अतिथिले संयुक्त रुपमा श्रेष्ठलाई प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो ।
उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.का प्रबन्ध निर्देशक राकेशमान श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रा.लि.का निर्देशक हरि बहादुर भुजेल, महिला उद्यमीहरु संगीता श्रेष्ठ, राधा शर्मा, लुना पाण्डे भट्ट, दिपा इभेन्टकी प्रबन्ध निर्देशक एवम् मोडल दिपा पाठक, बादल भट्ट, राजमान श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु