
काठमाडौ । एक आम मानिस जसले फुटपाटमा ब्यपार गरेरै जिविका चलाइरहेकाछन् । उनिहरुको जिन्दगी निकै दयनिय स्तिथिमा बाचिरहेको छ । कोहि पनि मानिस त्यसै फुटपाटमा ब्यपार गर्न आउदैन त्यसको लागि उसको जिवन धेरै परिस्थितबाट गुज्रिएको हुन्छ । यसै कथालाई बोकेर अहिले युट्युबमा लुकेको कथा च्यानल मार्फत बेसहारा लघु चलचित्र प्रसारण भइरहेको छ । बेसहारामा एक एकल महिला कसरी काठमाण्डौँ जस्तो ठुलो सहरमा आइपुग्छिन् र के कति कारणले गर्दा उनि एक फुटपाट ब्यपारी बन्न पुग्छिन् ? यो सबै कुरा निकै रोचक तरिकाले यस चलचित्रमा प्रस्तुत गरिएको छ । यो कथाको लेखन र निर्देशन रोमियो गुरुङ्गले गरेकाछन् भने मुख्य अभिनयमा स्नेहा छेत्री,आकाश कुवँर, लक्ष्मी तामाङ,प्रभाष लिम्बु आदि रहेका छन् ।
हेर्नुस् भिडियो


