काठमाडौ ।दोस्रो अन्तराष्ट्रिय हाप्किडो सेमिनार तथा सातौ राष्ट्रिय हाप्किडो च्याम्पियनसिप सम्पन्न भयो । ग्लोबल हाप्किडोका अध्यक्ष ग्रान्डमास्टर हि क्वान ली, अन्तराष्ट्रिय हाप्किडो महासंघका अध्यक्ष ग्रान्डमास्टर गेरहार्ड अग्रिन्ज र दक्षिण एयिाली हाप्किडो महासंघका अध्यक्ष काली बहादुर घर्ती मगरले प्रशिक्षण दिएका थिए । सेमिनारमा ली, हग्रिन्ज र मगरले प्रशिक्षण दिने छन् । सेमिनारमा नेपाल भारत, पाकिस्तान, बंगलादेश, रुस र दक्षिण कोरियाको प्रतिनिधीत्व थियो ।
यसैगरी सातौ राष्ट्रिय च्याम्पियनसीपमा लुम्बीनी पहलिो, बागमती दोस्रो र कर्णाली प्रदेश तेस्रो भए । पुरुष तर्फका बागमतीका रबिन तामाङ तथा महिलामा कर्णालीकी सलिना परियार उत्कृष्ट खेलाडी भए । डेमोन्सट्रेसनमा बाग्मती पहिलो, कर्णाली दोस्रो तथा गण्डकी तेस्रो भए ।