साँगे सभ्यता संरक्षण तथा विकास अभियानको आयोजनामा नव वर्ष २०८२ को उपलक्ष्यमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्ननयाँबसपार्क बचत तथा ऋण सहकारी संस्थाको १४ औँ साधारणसभा तथा अधिवेशन सम्पन्नउत्पादनमा जोड्न महिलालाई बाख्राका पाठी र बोका वितरणचार स्थानीय तहद्वारा नगरकोट भ्रमण वर्ष आयोजना, ११ लाख पर्यटक भित्र्याउने लक्ष्यगायिका देविका बन्दनालाई सम्मान ।। क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम ।।माटोको सुगन्ध लोकार्पण ।। मनमुटु र देशप्रेमले भरिएको सांगीतिक सिर्जना ।।उज्यालो टाईम्सद्वारा नववर्ष २०८२ को शुभकामना सहित भित्तेपात्रो (क्यालेण्डर) बिमोचनयुगिन कलाकार तथा निर्देशक पवन जोशीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड ।। नेवाः साधना कला केन्द्रको गौरबमय सम्मान ।।।बैरो संघको अध्यक्षमा गुरुङ,प्रथम उपाध्यक्षमा श्रेष्ठ, महासचिवमा बस्नेत र कोसाध्यक्षमा सिन्जाली विजयी,सबैसङ्ग सहकार्य गरेर अगाडी बढने गुरुङको घोषणा१९ मा हिमाल र इभाना च्याम्पियन

मिलन र विकासलाई स्वर्ण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ माघ २४ गते, मंगलवार ०६:१०

क्लोज प्रोटेक्सन जुडोका मिलनकुमार रावत र प्यारा जुडो डोजोका विकास विष्टले दोश्रो क्लोज प्रोटेक्सन जुडो प्रतियोगितामा स्वर्ण जितेका छन् ।
अत्ति विशिष्ट सुरक्षा निर्देशनालयद्वारा आयोजित प्रतियोगिताको पुरुष ६० केजीमुनि मिलनले नेपाली सेनाका लक्ष्मण राई तथा ७३ केजीमुनि विकासले सेनाका भीष्म बराललाई फाइनलमा पराजित गरे ।
नेपाल जुडो संघको प्राविधिक सहयोगमा भएको प्रतियोगिताको पुरुष ६६ केजीमुनि सेनाका किरण भट्टराईले क्लोज प्रोटेक्सनका धीरेन्द्र थारु तथा ७३ केजीमाथि सेनाका राजेश मगरले सेनाकै राजेश गोलेलाई फाइनलमा हराउदै स्वर्ण जिते ।
नारायणहिटी संग्राहलय हातामा भएको प्रतियोगिताको महिला ५२ केजीमुनि सेनाकी रोशना डंगालले क्लोज प्रोटेक्सनकी गंगामाया तामाङ तथा ५७ केजीमुनि सिमाकुमारी चिढीले क्लोज प्रोटेक्सनकी विमला आलेलाई फाइनलमा पाखा लगाउदै पहिलो स्थान हात पारे ।
एकदिने प्रतियोगिताको पुरुषमा ४ तथा महिलामा २ गरी ६ स्पर्धामा ५८ खेलाडीले सहभागिता जनाएको नेपाल जुडो संघका महासचिव धर्मकुमार श्रेष्ठले जनाएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु