दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

लक्की फिल्मी अवार्ड’ सफल हुनेमा सिने क्षेत्रका अग्रज विश्वस्त

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ माघ २५ गते, बुधबार ६:४९

चितवन । सिने क्षेत्रका अगुवाहरुले मोफसलमा हुन लागेको लक्की फिल्मी अवार्डले कलाकारहरुको प्रोत्साहन तथा सिने क्षेत्रको प्रर्वद्धन हुने विश्वास गरेका छन् । लक्की फिल्मी अवार्ड २०८०’ को तयारीमा रहेको चितवनको लक्की मिडिया हाउसले कलाकार, समाजसेवी, व्यवसायीहरु सँग सुझाव संकलन अभियान नै चलाएको छ ।

सुशिल कोइराला मेमोरियल फाउण्डेशनका सदस्य सचिव अतुल कोइराला, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, नेपाल चलचित्र निर्देशक समाजकी अध्यक्ष रक्षा सिंह राणा, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, उपाध्यक्ष तथा प्रवक्ता मोहन निरौला, महासचिव चेतबहादुर सिंह ‘राजा’, वरिष्ठ गायक आनन्द कार्की सँग सुझाव संकलन गरेको छ ।

लक्की मिडिया हाउस चितवनका महाप्रबन्धक हरि कार्की ‘लक्की’ले सिने क्षेत्रका अग्रज, समाजसेवी, व्यवसायीहरु सबै उत्साहित रहेको बताए । “हामीले फिल्मी अवार्डलाई भव्य र सभ्य बनाउन सुझाव संकलन तीव्र पारेका छौँ”, उनले भने, “सबै उत्साहित हुनुहुन्छ, सिने जगतमा चितवनको थप पहिचान कायम हुनेछ ।” उनले ३० विधामा अवार्ड वितरण हुने बताए । उत्कृष्ट अभिनेता, अभिनेत्री, निर्देशक, छायाँकार, सम्पादक, साउण्ड एडिटर, गीतकार, पाश्र्व गायिक-गायिकालाई अवार्ड प्रदान गरिनेछ । उत्कृष्ट फिल्म, उत्कृष्ट कथा, उत्कृष्ट पटकथा, उत्कृष्ट संवाद लगायतका विधाहरुमा अवार्ड वितरण हुनेछ । अवार्ड वितरण कार्यक्रम आगामी असारमा चितवनमा हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु