दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपाल मोडल र स्कोलर्स होमको विजयी सुरुआत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ माघ २७ गते, शुक्रबार १९:१८

काठमाडौं, माघ २७ गते ।नेपाल मोडल र स्कोलर्स होम्सले दोश्रो भद्रकाली कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शुक्रबार विजयी सुरुआत गरेका छन् ।
नेपाल मोडलले आयोजक भद्रकालीलाई ३०–२३ ले पराजित ग¥यो । नेपाल मोडलको जितमा सौरव चौधरीले १४ अंक योगदान गरे । महेन्द्र पोखरेलको ६ अंक सहयोगमा स्कोलर्स होम्सले टीआईएलाई २५–२४ को झीनो अन्तरले हरायो ।
सिनियर ब्वाइजमै गोल्डेन पिकले जुगललाई ४३–३२ तथा एचएचसीएले इडेन ब्रिज एकेडेमी (इबीए) लाई ३५–३२ ले पन्छाए । गोल्डेनपिकका विजय तामाङले १४ तथा एचएचसीएका हेमन्त मगरले १२ स्कोर गरे ।
हात्तीगौडास्थित आयोजक भद्रकालीको कोर्टमा भइरहेको प्रतियोगिताको गल्र्समा एचएचसीएले भद्रकालीलाई २६–१७ ले निराश पा¥यो ।
जुनियर ब्वाइजमा स्किब्सले भद्रकालीलाई २९–२२ तथा हिमालयन किङडमले इबीएलाई १८–१६ ले पाखा लगाए । स्किब्सका सोहन ठकुरीले १५ तथा हिमालयनका आदित्य श्रेष्ठले ६ अंक जोडे ।
प्रतियोगिताको भद्रकालीकी संस्थापक अध्यक्ष सुनिता अधिकारी र संस्थापक कृष्णप्रसाद अधिकारीले एक कार्यक्रमबीच संयुक्त उद्घाटन गरे ।
प्रभु बैंकको मुख्य प्रायोजनमा फागुन ५ गतेसम्म चल्ने प्रतियोगिताको सिनियर ब्वाइजमा १७, गल्र्समा ९ र जुनियर ब्वाइजमा १३ टिम सहभागी छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु