दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सेहज र देबशिषको जोडी विजेता

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ माघ २७ गते, शुक्रबार १९:२९

काठमाडौं ।भारतका सेहजसिंह पवार र देबशिष साहुको जोडी आईटीएफ वल्र्ड टेनिस टुर जे ६० काठमाडौं, नेपाल सर्किट– २ अन्तर्गत ब्वाइज डबल्समा शुक्रबार पहिलो भएका छन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा सेहज र देबशिषको जोडीले नेपालका अकी जुवेन रावत र अमेरिकाका आरभसम्राट हाडाको जोडीलाई ६–१ र ७–६(३) को सेटमा पराजित गरे । सोही स्पर्धाको गल्र्स फाइनलमा बेल्जियमकी क्यामिली फिसेट र रुसकी मिलिना शुब्खान्कुलोभाको जोडीले मंगोलियका दिदीबहिनी मार्ता र मराल्गु चोक्सोम्जाभको जोडीबाट वाक ओभर पाउदै पहिलो भए । दुवै डबल्समा उपविजेता बनेका जोडी सर्किट– १ का विजेता हुन् ।
ब्वाइज सिंगल्समा चीनका वेन्बो बाइले भारतका सेहजलाई ०–६, ६–२ र ६–३ तथा भारतका प्रत्यशले भारतकै सर्किट– १ का विजेता देबशिषलाई ७–५ र ६–० ले हराउदै फाइनल भेट पक्का गरे । गल्र्स सिंगल्समा चीनकी झाङ क्विन वेइले मंगोलियाकी सर्किट– १ विजेता मार्तालाई ६–० र ६–१ तथा मंगोलियाकी मराल्गुले बेल्जियमकी क्यामिलीलाई ६–२ र ६–४ को सोझो सेटमा पाखा लगाउदै फाइनलमा स्थान पक्का गरे । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु