दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

फिफ्टिन्स रग्बी लिग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ माघ २९ गते, आईतवार २१:५४

काठमाडौं ।नेपाल रग्बी संघको आयोजनामा तेस्रो संस्करणको फिफ्टिन्स रग्बी लिग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबारदेखि सुरु भएको छ ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले रेफ्रीलाई रग्बी बल हस्तान्तरण गरी एक कार्यक्रमबीच उद्घाटन गरे । कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, राखेपका सदस्य अन्जन धमलालगायतको उपस्तिथि रहेको थियो । नेपाल रग्बी संघको अध्यक्ष दिपक देवकोटाको सभापतित्वमा उद्घाटन भएको राष्ट्रिय फिफ्टिन्स रग्बी लिगमा चार क्ल्बहरु आर्मी क्लब, आकश भैरव क्लब, गोर्खाली रग्बी क्लब, हिमालयन टाइगर रग्बी क्लब सहभागी छन् ।
पहिलो चरणको खेलमा गोर्खाली रग्बी क्लब र हिमालयन टाईगर रग्बी क्लबबीच खेल भएको थियो । श्रीराम श्रेष्ठ कप्तान रहेको गोर्खाली रग्बी क्लबले हिमालयनलाई ६७–१७ स्कोरले पराजित ग¥यो ।
दोश्रो खेलमा आकाश भैरव र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा भएको थियो । सन्जिव कुँवरको कप्तानी रहेको आर्मीले ७२–० स्कोरमा विजयी भयो ।
दोश्रो चरणको खेल फागुन ३ गते हुनेछ । त्यस दिन आर्मी र हिमालय तथा आकाश भैरव र गोर्खालीबीच खेल हुनेछ । अन्तिम दिन फागुन ६ गते हिमालयन र आकाश भैरव तथा आर्मी र गोर्खालीबीच खेल हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु