तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

लक्की फिल्मी अवार्ड’ को मुख्य प्रायोजक एसवन होम्स

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ माघ २९ गते, आईतवार २२:००

चितवन । लक्की फिल्मी अवार्ड’ को मुख्य प्रायोजकका रुपमा एसवन होम्सले सहकार्य गर्ने भएको छ । आगामी असारमा चितवनमा हुन लागेको फिल्मी अवार्डलाई सफल पार्न एसवन होम्सले सहकार्य गरेको हो ।

लक्की मिडिया हाउस चितवनले आयोजना गर्न लागेको अवार्ड कार्यक्रममा विभिन्न ३० विधामा अवार्ड दिइने जनाइएको छ । चलचित्र क्षेत्रको विकास, प्रर्वद्धन तथा कलाकारहरुको प्रोत्साहनका लागि लक्की मिडिया हाउस निरन्तर क्रियाशिल छ ।

घरजग्गा सम्बन्धि कारोबार गर्दै आएको एसवन होम्सको मुख्य कार्यालय भरतपुर-११, नहरचोकमा रहेको छ । पोखरा, गैडाकोटमा समेत शाखा कार्यालय रहेको एसवन होम्सले दक्ष इञ्जिनियरको निगरानी तथा वास्तुशास्त्रको परामर्शमा नक्सा तथा भवन निर्माण गर्ने, आधुनिक तथा भूकम्प प्रतिरोधात्मक घर निर्माण जस्ता कामहरु गर्दै आएको छ । एसवन होम्सका निर्देशक शिव ढकालले सिने क्षेत्रको प्रर्वद्धन गर्न हातेमालो गर्न पाएकोमा खुशी लागेको बताए ।

लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ले मोफसुल टुरको पूर्वसन्ध्यामा सामाजिक कामहरुलाई निरन्तरता दिने जनाए । उनका अनुसार देवघाटमा रहेका वृद्धाश्रममा आश्रित जेष्ठ नागरिकहरुलाई सहयोग गर्ने तयारी भएको छ । जेष्ठ नागरिकहरुबाट आर्शिवाद लिएर अवार्डको मोफसल टुर सुरु हुने बताए ।

एसवन ग्रुप अन्तर्गत एसवन विल्डर्स र एसवन होम्स पनि सञ्चालनमा छन् । एसवन विल्डर्सले आधुनिक भवन, होटल, स्कुल तथा कलेजको डिपिआर तथा भवन निर्माणमा लागिपरेको छ । आगामी दिनमा हस्पिटालिटी तथा उत्पादन क्षेत्रमा समेत काम गर्ने लक्ष्य लिएको जनाइएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु