दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

आयोजक भद्रकाली विजयी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ फाल्गुन १ गते, सोमबार १७:४७

काठमाडौं, फागुन १ गते ।आयोजक भद्रकाली दोश्रो भद्रकाली कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार जित हात पारेको छ ।
हात्तीगौडास्थित घरेलु कोर्टमा भद्रकालीले टीआईएलाई २१–१८ ले पराजित ग¥यो । भद्रकालीका प्रनिक राईले ९ स्कोर गरे ।
सिनियर ब्वाइजमै नेपाल मोडलले स्कोलर्स होमलाई २३–२२, भ्याली पब्लिकले एचएचसीएलाई ३९–२२ र नेसनल युनाइटेडले जुगललाई १२–१० ले हराए । नेपाल मोडलका सौरव चौधरीले ११, भ्याली पब्लिकका सुनिल पौडेलले १४ तथा नेसनल युनाइटेडका आयुश गुरुङ र सुयोग हमालले समान ४–४ अंक जोडे ।
सिनियर गल्र्समा भ्याली पब्लिकले दोहोरो जित हात पा¥यो । भ्याली पब्लिकले ग्रिनल्यान्डलाई २२–१६ तथा जुगललाई २२–१२ ले पाखा लगायो । जितमा ग्रिनल्यान्ड विरुद्ध अनिता गुरुङले ७ तथा जुगल विरुद्ध लोरिशा गौचनले ५ अंक योगदान गरे ।
जुनियर ब्वाइजमा गोल्डेनपिकले ग्रिनल्यान्डलाई १९–९ तथा भ्याली पब्लिकले हिमालयन किङडमलाई १२–८ ले पन्छाए । गोल्डेनपिकका पासाङ छिरिङले ६ तथा हिमालयनका किङडमका विशाल परियारले ८ अंक बटुले ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु