दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

एनआरएनए मलेसियाका उपाध्यक्ष राकेश महतो मलेसियालाई कर्मभुमि बनाएर ब्यावसायसँगै सामाजिक क्षेत्रमा उदाउँदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ फाल्गुन ९ गते, मंगलवार १०:२०

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनए मलेसियाका उपाध्यक्ष राकेश प्रसाद महतो साधारण कामदारका रुपमा मलेसिया प्रवेश गरेर हाल सफल ब्यावसायी बन्न सफल भएका छन । बैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागी प्रेरणाका पात्र राकेश मेहनत र ईमान्दारिताकै कारण सफल भएको बताउछन ।बारा जिल्लाको महागढीमाई नगरपालिका, वडा नं १, बरियारपुरमा जन्मिएका राकेश एक सामान्य परिवारमा हुर्किएका व्यक्ति हुन । विगत २३ वर्षदेखि मलेसियालाई कर्मथलो बनाईरहेका महतो मलेसियाका सफल नेपाली व्यवसायीका रुपमा चिनिन्छन । मेहनत गर्ने व्यक्ति कहिल्यै असफल हुँदैन भन्ने उदाहरणका पात्र पनि हुन उनी । उनले मलेसियामा आरके मेन्तरी एसडीएन बीएचडी, आरके जनरल स्टोर, एजेन्सी पाकिर्जन, आरके ग्रुप, आरके पेलोन्तोङ स्टोरलगायत विभिन्न कम्पनी र व्यवसाय सञ्चालन गर्दै आएका छन ।
मलेसिया र नेपालमा विभिन्न व्यवसायमा करोडौं लगानी गरेका महतोले एकपछि अर्को सफलता चुम्न सफल भएका छन । मलेसियालाई कर्मघर बनाएका महतोले नयाँनयाँ क्षेत्रमा लगानी पनि बढाइरहेका छन । मेहनत गर्ने व्यक्ति कहिल्यै असफल हुँदैन किनभने हरेक सफलतासँगै असफलता, आत्मविश्वास, संघर्ष, साथ–सहयोग र धैर्यताको कथा लुकेकै हुन्छ महतो बताउछन । सरल भाषामा बुझ्नु पर्दा सफलता एकैपटकमा प्राप्त हुँदैन र असफलता नै सफलताको सूत्र हो भन्ने गतिलो उदाहरण नेपालको छोरो भएर पनि मलेसियामा सफल व्यवसायी बनेका राकेश महतो बनेका छन । राकेश गैरआवासीय नेपाली संघ एनआरएनए मलेसियाका उपाध्यक्ष लगाएत विभिन्न संघ संस्थामा पनि आवद्द रहेका छन । ‘मानिसको जीवनकालमा अत्याधीक समस्या, चुनौती र उतारचढाव आइरहन्छन तर समस्यालाई पहिचान गरी सकारात्मक सोचका साथ अगाडि बढ्न सकेमा जस्तोसुकै सफलता पनि हात पार्न सकिँदो रहेछ’, राकेश बताऊछन ।

मलेसियाका सफल व्यवसायी बनेका राकेश महतो अब नेपालमा पनि व्यावसायिक रुपमा उदाउँदै गरेका छन । महतोले बारा जिल्ला र आसपासका क्षेत्रमा कयौं विघा जग्गामा धान खेती गर्दै आएका छन । त्यसका अलवा माछापालन र अरु कृषिसँग सम्बन्धित काम पनि गर्दै आएका छन । नेपालमा महतोले आरके सप्लायर्स र आरके एण्ड सन प्रालि कम्पनी समेत सञ्चालन गर्दै आएका छन ।

ब्यावसायसङ्गै महतो सामाजिक क्षेत्रमा पनि सक्रिय रहँदै आएका छन । गैरआवासीय नेपाली संघ एनआरएनए मलेसियाका उपाध्यक्ष र कयौं संघसंस्थामा आबद्ध रहेका महतो सामाजिक क्षेत्रमा पनि त्यत्तिकै क्रियाशील छन् । महतो मलेसियामा वैदेशिक रोजगारीको सिलसिलामा समस्यामा परेका नेपाली श्रमिकहरुको हक र अधिकार सुनिश्चितताका लागि निरन्तर सक्रिय रहँदै आएका छन । महतोले मलेसियामा अलपत्र परेका नेपालीहरुको नेपालसम्मको हवाई टिकटहरु पनि उपलब्ध गराई सकुशल उद्धार गर्दै आईरहेका छन । उनले सामाजिक क्षेत्रमा योगदान पुर्याउने र समस्यामा परेका नेपालीहरुलाई सकेको सेवा गर्ने उद्देश्यले आफ्नै नगरपालिकामा पनी महागढीमाई नामक फाउण्डेशन सञ्चालन गरेका छन । यसले विभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको छ । सामाजिक क्षेत्रमा योगदान पुर्याउने र समस्या परेका नेपाली हरुलाई सकेको सेवा गर्ने उदेश्यले आफ्नै उनले महागढीमाई नगरपालिकामा महागढीमाई नामक फाउण्डेशन दर्ता गरेको महतो बताउछन । सो फाउण्डेशनको संरक्षक आफै रहेर महतोले बिगत धेरै बर्षदेखी सामाजिक क्षेत्रमा ठुलो योगदान पुर्याइरहेका छन ।
महतोले गरेका सामाजिक कार्यवापत विभिन्न समयमा विविध सम्मानहरुले पनि सम्मानित हुने गरेका छन । केही हप्तापहिले मलेसियामा आयोजित चौथो ईन्टरनेशनल सोसल अर्वाडमा महतोलाई मलेसियाका लागी नेपाली राजदुत डिल्लीराज पौडेलको हातबाट इन्टरनेशनल सोसल अर्वाड र सम्मानपत्र समेत बितरण गरिएको थियो ।
उक्त सम्मानपछी खुशी हुदै महतोले आफुले निस्वार्थ रुपमा गरेको सामाजिक कार्यको मूल्यांकन गरेकोमा आयोजकलाई धन्यवाद ब्यक्त गर्दै यो अवार्डपछि अझै थप कार्य गर्ने उत्साह थपिएको जनाउदै ब्यावसायसङ्गै सामाजिक कार्यमा निरन्तरता दिने बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु