तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

काष्ठमण्डपमा ए लेभल बास्केटबल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ फाल्गुन १० गते, बुधबार १९:२६

काठमाडौं, फागुन १० गते । काष्ठमण्डप ए लेभल एकेडेमीको आयोजनामा छैटौं काष्ठमण्डप थ्री बाइ थ्री अन्तर ए लेभल बास्केटबल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।
प्रतियोगितामा ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने काष्ठमण्डपका इसीए को–ओर्डिनेटर सुन्दर बुढाथोकीले जनाएका छन् । सहभागी टिमहरुमा नामी, साइपाल, बूढानीलकण्ठ, मल्पी, काष्ठमण्डप र ग्लोबल कलेज इन्टरनेसनल रहेका छन् । साइपाल र बूढानीलकण्ठको २–२ तथा काष्ठमण्डपको ३ टिमले प्रतिस्पर्धा गर्ने छन् ।
दुईदिने प्रतियोगिताका खेलहरु मण्डिखटारस्थित आयोजककै कोर्टमा हुनेछ । पाँचौं संस्करणको उपाधि मल्पीले जितेको थियो । कोरोना भाइरसका कारण दुई संस्करण हुन सकेन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु