
काठमाडौ ।आयोजक काष्ठमण्डप ‘ए’ छैटौं काष्ठमण्डप कप थ्री बाइ थ्री अन्तर ए लेभल छात्र बास्केटबल प्रतियोगितामा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
मल्पी ‘ए’, काठमाडौं वल्र्ड स्कुल, बूढानीलकण्ठ ‘ए’ र ‘बी’, नामी, साइपाल तथा ग्लोबल इन्टरनेसनल कलेज पनि क्वाटरफाइनलमा पुगे । शुक्रबार सम्पन्न हुने प्रतियोगितामा ११ टिम सहभागी छन् ।
न्यु स्टार र ओरिएन्टल फाइनलमा
न्यु स्टार पोल र ओरिएन्टल १५ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।
न्यु स्टारले गोल्डेन बडलाई १–० गोलले पराजित ग¥यो । ‘म्यान अफ द म्याच’ ऋतिक रायमाझीले निर्णायक गोल गरे । ओरिएन्टलले गेटवे एकेडेमीलाई टाइब्रेकरमा ५–३ गोलले हरायो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएको थियो । ओरिएन्टलका राहुल तामाङ ‘म्यान अफ द म्याच’ चुनिए । शुक्रबार तेश्रो स्थानका लागि खेल हुनेछ भने फाइनल शनिबार हुनेछ ।


