दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सदस्य–सचिव घिसिङद्वारा जग्गाको अवलोकन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ फाल्गुन १२ गते, शुक्रबार २०:३३

काठमाडौं, फागुन १२ गते ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले कागेश्वरी मनोहरा नगरपालिकाको विभिन्न स्थानमा रहेका जग्गाको शुक्रबार अवलोकन गरेका छन् ।
कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले सदस्य–सचिव घिसिङलाई सोम तीर्थ, गोठाटारको इचोटस्थित पशुपति विकास कोष, मूलपानी चौर, थली चौर, डाँछी र अधिकारी गाँउमा रहेका जग्गाको अवलोकन गराएका हुन् ।
अवलोकनका क्रममा सदस्य–सचिव घिसिङ र मेयर कार्कीबीच निर्माण गर्न सकिने सम्भावित खेलका पूर्वाधार, जग्गा प्राप्तीको विषय, आपसी सहयोगको विषयलगायतका बारेमा छलफल भएको थियो । दुवैले खेलकुदको विकासका निम्ति आपसी समझदारीमा सहयोग र सहकार्य गरेर अगाडि बढ्न तयार रहेको प्रतिबद्धता जनाएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु