दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा चमत्कार हुन्छ, सुवास नेम्वाङलाई विजयको नजिक देखेका छौं : माधव ढुंगेल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ फाल्गुन १४ गते, आईतवार १७:२२

काठमाडौं, १४ फागुन । नेकपा (एमाले) का नेता माधवप्रसाद ढुंगेलले अहिलेको संसद्मा भएको प्रतिनिधित्वले राजनीतिलाई स्थिरता नदिने बताएका छन् । उनले राष्ट्रपतिमा पार्टीले अघि सारेको उम्मेदवार सुवासचन्द्र नेम्वाङ योग्य र सक्षम भएकोले निर्वाचित हुने विश्वास दिलाए । उनले फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा चमत्कार हुने पनि दाबी गरे ।

आज (आइतबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै ढुंगेलले आफूहरुले राष्ट्रपतिमा नेम्वाङको विजय नजिकैबाट हेरिरहेको पनि जिकिर गरे । उनले भने,‘राष्ट्रपतिको निर्वाचनमा हामीले अघि सारेको पात्र सुवास नेम्वाङ योग्य र सक्षम पात्र हो । उहाँ संविधानसभामा सबैभन्दा राम्रो भूमिका खेलेको, मध्यस्थतापनि गर्नसक्ने, संयोजन पनि गर्नसक्ने व्यक्ति हो । एमालेले सिंगो देशको साझा व्यक्तिको रुपमा आफूलाई खडा गर्नसक्ने, त्यो योग्यता प्राप्त गरेको र व्यवहारले प्रमाणित गरेको सुवास नेम्वाङलाई अघि सारेको हो । जनमत परिक्षण गर्नुभयो भने जनमतसंग्रह गर्ने हो भने सुवास नेम्वाङको ९० प्रतिशत मत आउँछ भन्ने कुरा मलाई विश्वास छ । त्यो व्यक्तित्व एमालेले अघि सारेको छ । यो कुनै ह्विप लाग्ने चुनाव होईन । सबैको मत रहनसक्छ। फागुन २५ गते एउटा नयाँ चमत्कारका साथ उहाँ विजयी हुनुहुन्छ । नेपाली जनताले आदिवासी जनजातिबाट एकपटक राष्ट्रपति भएको हेर्न चाहेका छन् । सबै हिसाबले उहाँ योग्य पात्र हो । हामीले त नेम्वाङको विजय नजिकैबाट हेरिरहेका छौं ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले समाजवादी मोर्चा बनाएपनि वा पाँच/दश वटा दल एकै बनाएपनि देशमा कम्युनिष्ट आन्दोलनको केन्द्र एमाले हो भन्ने कुरामा कुनै कन्फ्युजन छ र ?भन्दै प्रश्न गरे । उनले बरु अहिले बिग्रिएको राजनीतिलाई सही ट्रयाकमा ल्याउनुपर्नेमा जोड दिए ।

उनले अहिले कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, नेकपा (एकीकृत समाजवादी) लगायतको आठ दलको गठबन्धन बनेकोतर्फ ईंगित गर्दै राष्ट्रपतिको निर्वाचनअघि नै उक्त गठबन्धन भत्काउने आफूहरु लागिपर्ने उद्घोष गरे । उनले भने,‘अब नयाँ सहमति÷सम्झौता एक हप्ता वा दश दिनभित्र के–के हुन्छ ? त्यो हेरौं, एमाले गठबन्धन भत्काउँछ । आफ्नो अगुवाईमा नयाँ सरकार बनाउँछ । आफ्नो अगुवाईमा बन्न सकेन भने अरु कसैलाई अघि बढाउँछ । हामीले राजनीतिको शुद्धिकरण चाहेका छौं । कमरेड प्रचण्डको भूमिकाले राजनीतिलाई दुषित बनाएको छ । १० दिनभित्र यो आठ दलीय गठबन्धन कायम हुँदैन् । राष्ट्रपतिको निर्वाचनमा भोटरले ह्वीप मान्दैनन् । गोप्य मतदान योग्य उम्मेदवार नेम्वाङको पक्षमा हुन्छ ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु