दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

सीसीआरसी र जेभियरलाई उपाधि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ फाल्गुन १५ गते, सोमबार १८:५६

काठमाडौं ।सीसीआरसी र जेभियरले छैटौं हिसान खेलकुद सप्ताहअन्तर्गत बास्केटबल उपाधि सोमबार जितेका छन् । सीसीआरसी ब्वाइज तथा जेभियर गल्र्समा च्याम्पियन बने ।
सीसीआरसीले हिमालयन ह्वाइटहाउसलाई ६१–४६ ले पराजित ग¥यो । सीसीआरसीका समिप खत्रीले ३२ अंक जोडे । गल्र्सको उपाधि भिडन्तमा जेभियरले साइपाल एकेडेमीलाई २४–१७ ले हरायो । जेभियरकी श्रृष्टि राईले १० अंक जोडिन् ।
ब्वाइजमा सीसीआरसी समिप र गल्र्समा जेभियरकी कृति चौधरी ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य–सचिव समेत रहेका हिसानका अध्यक्ष रमेश सिलवाल, हिसानका उपाध्यक्ष हरि लामिछाने, केन्द्रीय सह–कोषाध्यक्ष नरेन्द्र अधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । बास्केटबलको प्रतिस्पर्धासंगै खेलकुद सप्ताह सम्पन्न भएको छ । खेलकुद सप्ताहमा बास्केटबलसहित भलिबल, फुटसल र टग अफ वारमा प्रतिस्पर्धा भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु