दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

पिस प्वाइन्ट च्याम्पियन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ फाल्गुन १७ गते, बुधबार ६:४६

आयोजक पिस प्वाइन्टले ३६१ डिग्री पाँचौं पिस प्वाइन्ट कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि मंगलबार जितेको छ ।
सानोगौचरणमा भएको फाइनलमा पिस प्वाइन्टले सिद्धार्थ बनस्थलीलाई ५–१ गोलले पराजित ग¥यो । विजयी टिमका लागि ‘म्यान अफ द म्याच’ विशेष थिङ र राहुल लामाले २–२ तथा सम्राट बस्नेतले १ गोल गरे । उपाधिसंगै पिस प्वाइन्टले ४० हजार नगद पुरस्कार हात पा¥यो भने सिद्धार्थ बनस्थलीले २५ हजार नगद पुरस्कारमा चित्त बुझायो ।
छाहरीले नेपाल तारालाई टाइब्रेकरमा ३–२ गोलले हराउदै तेश्रो भयो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो । छहारीका राजेश तामाङ ‘म्यान अफ द म्याच’ बने । छहारीले १० हजार नगद पुरस्कार प्राप्त ग¥यो ।
पिस प्वाइन्टका राहुल लामा सर्वोत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगिताभर ९ गोल गरेको नेपाल ताराका भुवन श्रेष्ठ सर्वाधिक गोलकर्ता बने । सविन सिलवाल उत्कृष्ट गोलरक्षक, नयेश राई उत्कृष्ट डिफेन्डर र सुरजजंग थापा उत्कृष्ट प्रशिक्षक चुनिए । उत्कृष्टत्रय पिस प्वाइन्टका हुन् ।
विजेतालाई राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान उपेन्द्रमान सिंह, पिस प्वाइन्टकी प्रिन्सिपल इशु गुरुङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । फागुन १० गतेदेखि सुरु नकआउट प्रतियोगितामा १६ टिम सहभागी थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु