दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

तलब नपाउँदा दशैँ मनाउन समस्या

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन २८ गते, आईतवार १४:२५

काठमाडौँ : सम्वन्धित निकायले अख्तियारी दिन गरेको ढिलाइका कारण सुदूरपश्चिम प्रदेश सरकार मातहतका कतिपय कार्यालयका कर्मचारीले दशैँका मुखमा तलव सहित अन्य पारिश्रमिक पाउन सकेका छैनन् ।प्रदेश सरकार मतहतका वन डिभिजन कार्यालय, सीप विकास तालीम केन्द्रलगायत १२ कार्यालयका कर्मचारीले दशैँको मुखमा तलब नपाएपछि दशैँ मनाउन चाहिने खर्चको जोहो गर्न ऋण मागेर काम चलाउनु परेको एक कर्मचारीले बताएका छन् ।

प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी केशव पराजुलीले साउनमा आएर प्रदेश सरकार मातहत यी कार्यालय आएकाले अख्तियारी आउनमा भएको ढिलाइका कारण १२ वटा कार्यालयका कर्मचारीलाई तलब समयमै खुवाउन नसकिएको बताए। ‘कार्यालयका कर्मचारीलाई तलब खुवाउनका लागि ‘रेडबुक’मा बजेट समावेश नगरिए पनि तलब खुवाउने प्रयास भइरहेको उनले जानकारी दिए ।

सङ्घीय सरकारको अर्थ मन्त्रालयले प्रदेशको आर्थिक मामिला मन्त्रालयमा निकास पठाइसकेपछि र आर्थिक मामिलाले प्रदेशको कोष तथा लेखा नियन्त्रण कार्यालयमा अख्तियारी दिएपछि कर्मचारीले तलब पाउने सूचना अधिकारी पराजुलीले बताए। प्रदेश सरकार मातहत आएका कार्यालयका कर्मचारीले वडा दशैँ र तिहारमा तलब नपाउँदा समस्या भएको कर्मचारी युनियनका जिल्ला अध्यक्ष खेमराज जोशीको गुनासो थियो ।
यसैगरी,  दशैँको मुखमा बैतडीका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीले तलब पाएका छैनन् । प्रदेश सरकार मातहत स्थापना भएका केही कार्यालयका कर्मचारीले साउनदेखि तलब पाउन सकेका छैनन् । दशैँमा समेत तलब नपाउँदा समस्या भएको कर्मचारीले बताएका छन् ।

दशैँको मुखमासमेत तलब नपाउँदा आफूहरूलाई निकै समस्या भएको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताउनुभयो । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत स्थापना भएको कृषि ज्ञान केन्द्रका कर्मचारीले साउनदेखि तलब पाएका छैनन् । यस्तै भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाटन बैतडीका कर्मचारीले पनि तलब पाएका छैनन् । दशैँअघि तलब पाउने आश मरिसकेको भेटनरी अस्पताल तथा पशुुसेवा विज्ञ केन्द्रका पशुसेवा प्राविधिक बिसन विष्टले बताए।

डिभिजन वन कार्यालय, साविकको भूसंरक्षण कार्यालयका कर्मचारीले पनि तलब पाउन सकेका छैनन् । प्रदेश सरकार मातहतका केही कार्यालयका कर्मचारीले तलब पाएको भए पनि चार कार्यालयको अख्तियारी नै नआएको कोष तथा लेखा नियन्त्रक कार्यालयका सहायक सूचना अधिकारी पूर्णानन्द जोशीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिलेसम्म अख्तियारी नआएका कार्यालयको दशैँअघि अख्तियारी आउने सम्भावना कम छ ।” प्रदेश सरकार रहेका कार्यालयको तलब नपाउँदा मुख्य चाड दशैँ तिहार नै खल्लो हुने चिन्तामा कर्मचारी छन् ।

यसैबीच सुदूरपश्चिम प्रदेश सरकार मातहत रहेका बैतडीका सरकारी कार्यालय कामबिहीन बनेका छन् । नयाँ संरचनाअनुसार बैतडीमा स्थापना भएका कार्यालयले कार्यक्रम र अख्तियारी नपाउँदा कामबिहीन बनेका हुन् ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु