दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नागरिक दैनिकका संस्थापक अध्यक्ष ज्ञवालीको निधनमा दुःख व्यक्त

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन २८ गते, आईतवार १४:४४

काठमाडौँः नेपाल पत्रकार महासङ्घले नेपाल रिपब्लिक मिडिया तथा कान्तिपुर पब्लिकेशन्सका संस्थापक अध्यक्ष हेमराज ज्ञवालीको निधनमा दुःख व्यक्त गरेको छ । महासङ्घका महासचिव रमेश विष्टले विज्ञप्ति जारी ज्ञवालीको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक योग्य, अनुभवी र व्यावसायिक पत्रकारिताका अभियानकर्मीलाई गुमाएको बताएका छन्  ।

महासङ्घले उनले नेपालको व्यावसायिक पत्रकारिताका लागि निर्वाह गरेको अतुलनीय भूमिकाको नेपाली पत्रकारिता जगत्ले सदा स्मरण गरिरहने जनाएको छ । छातीमा असजिलो भएपछि बाँसबारीस्थित गङ्गालाल हृदय केन्द्रमा उपचारका लागि लगिएकामा ज्ञवालीको उपचारकै क्रममा शनिबार ७९ वर्षका उमेरमा निधन भएको हो ।

विसं २०४६ को राजनीतिक परिवर्तनपछि ‘कान्तिपुर’ पत्रिका प्रकाशन शुरु गरी ज्ञवालीले नेपालमा व्यावसायिक पत्रकारिताको थालनी गरेका थिए। विसं २०६२÷६३ को जनआन्दोलनपछि उनले नेपाल रिपब्लिक मिडिया स्थापना गरी ‘नागरिक’ दैनिक र अङ्ग्रेजीमा ‘रिपब्लिका’ दैनिक प्रकाशन गरी सञ्चारक्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउएका थिए।

भाषा, साहित्य, कला र संस्कृतिमा योगदान पु¥याउनु भएका ज्ञवालीका एक दर्जनभन्दा बढी कृति प्रकाशित छन् । स्व ज्ञवालीका श्रीमती र तीन छोरा छन्।

श्राेत ः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु