दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.को दोश्रो साधारणसभा सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ फाल्गुन २१ गते, आईतवार ८:००

भरतपुर/उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.ले विविध कार्यक्रमको आयोजना गरी आफ्नो दोश्रो साधारणसभा सम्पन्न गरेको छ । उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.का अध्यक्ष राजु भट्टको अध्यक्षतामा सम्पन्न साधारणसभामा नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायण प्रसाद अधिकारी प्रमुख रहनुभएको थियो ।
प्रमुख अतिथि अधिकारीले उज्यालो टाईम्सले छोटो समयमै समाचारका माध्यमहरुबाट मिडियालाई समाजमा परिचित गराउन सफल भएको र अझ सशक्त रुपमा समाजका विकृति, विसंगतिहरुलाई उजागर गरी आफ्ना गतिविधिहरुलाई बढाउँदै उज्यालो छर्नेमा विश्वास व्यक्त गर्नुभयो ।

उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.का प्रबन्ध निर्देशक राकेशमान श्रेष्ठले स्वागतसँगै कार्यक्रमको उद्देश्य माथि जानकारी गराउनु भएको साधारण सभामा प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डित, समाजवादी प्रेस संगठनका अध्यक्ष टिकादत्त तिमिल्सिना, प्रेस सेन्टरका सह–सचिव नविन बाबु मरहठ्ठा लगायतले साधारणसभाको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
साधारणसभाको अवसरमा उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.द्वारा सञ्चालित उज्यालो टाईम्स डटकमलाई अझ शसक्त रुपमा लैजाने उद्देश्य अनुरुप मिति २०७९ फागुन २० गते बसेको विशेष बैठकको निर्णयबाट भरतपुर महानगरपालिका वडा नं. १२ निवासी युवा व्यवसायी सुकदेव काप्री (विकास)लाई निर्देशक पदमा चयन समेत गरिएको थियो । सोही अवसरमा कार्यक्रमका प्रमुख अतिथिले कप्रीलाई सम्मान समेत गर्नुभएको थियो ।
त्यसैगरी उज्लायो टाईम्स डटकमलाई शुरुवाती समयदेखि मिडियाका हरेक गतिविधिहरुलाई नजिकबाट नियाली निरन्तर रुपमा सल्लाह, सुझाव प्रदान गर्नुभएको भन्दै मिस नर्स चितवन २०१४ की बिजेता भरतपुर–७ चितवन निवासी ममता पाण्डेलाई साधारणसभाको अवसरमा सम्मान गरिएको थियो ।
साधारणसभामा क्याची टुर्स एण्ड ट्राभल्स प्रा.लि.का प्रबन्ध निर्देशक राहुल कुमार सिंह, प्रा.लि.का निर्देशकहरु हरि बहादुर भुजेल, राज कुमार श्रेष्ठ, सञ्चारकर्मीहरु, एवम् उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।
उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.का निर्देशक डोल बहादुर कार्की (अविनाश)ले सञ्चालन गर्नुभएको साधारणसभा कार्यक्रमलाई उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा.लि.का अध्यक्ष राजु भट्टले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु