दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

एन्जिला हन्ड्रेड स्पोर्ट्सको ब्राण्ड एम्बास्डर

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ फाल्गुन २४ गते, बुधबार २१:०५

फागुन २४ । काठमाडौं । हन्ड्रेड स्पोर्ट्सले फुटबलर एन्जिला तुम्बाप्पो सुब्बालाई ब्राण्ड एम्बास्डर बनाएको छ । बुुधबार अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर स्पोर्ट्स म्यानेजमेन्टको कम्पनी हन्ड्रेड स्पोर्टस म्यानेजमेन्ट प्रालीले राष्ट्रिय फुटबल टिमकी कप्तान समेत रहेकी एन्जिलालाई चार वर्षका लागि ब्राण्ड एम्बास्डर घोषणा गरेको हो ।
हन्ड्रेड स्पोर्टसका संस्थापक रबिन्द्र भाटी र फुटबलर एन्जिलाले औपचारिक एक कार्यक्रमका बीच सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार हन्ड्रेड स्पोर्टसले चार वर्षका लागि एन्जिलालाई ब्राण्ड एम्बास्डर बनाएको हो । र सम्झौता अनुसार पहिलो वर्ष मासिक २० हजार, दोस्रो वर्ष मासिक ३० हजार, तेस्रो वर्ष मासिक ४० हजार र चौथो वर्ष मासिक ५० हजार रुपैयाँ रुपैयाँ हन्ड्रेड स्पोर्ट्सले एन्जिलालाई उपलब्ध गराउनेछ । साथै हन्ड्रेड स्पोर्टसले एन्जिलाको सबै प्रकारको कमर्सियल अधिकार समेत लिएको छ । सम्झौता अनुसार हन्ड्रेड स्पोर्टसले एन्जिलाको संसारभरी मार्केटिङको काम गर्नेछ ।
हन्ड्रेड स्पोर्टसका निर्देशक विकास खेतानले खेलकुदमा ब्यवसायीक र खेलाडीको क्षमता अभिवृद्धि गर्ने उद्धेश्यका साथ राष्ट्रिय फुटबल खेलाडी एन्जिलासँग सहकार्य गरिएको बताए । कप्तान एन्जिलाले आफुले प्राप्त गरेको अवसरमा विस्तारै अन्य खेलाडी समेत जोडिने विश्वास ब्यक्त गरिन् । खेलकुदमा ब्यवसायीकता ल्याउने उद्धेश्य सहित खेलाडीसँग कमर्सियल अधिकारका लागि चार वर्षका लागि भएको यसलाई पहिलो सम्झौता मानिएको छ ।
कार्यक्रममा राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान तथा प्रशिक्षक हरी खड्का, एन्फा वरिष्ठ उपाध्यक्ष विरबहादुर खड्का, एन्जिलाका अभिभावक प्रेमकुमार श्रेष्ठ, जिफन्टका अध्यक्ष बिनोद श्रेष्ठ सहितले खेलाडी एन्जिलालाई बधाई तथा शुभकामना दिएका थिए । कार्यक्रमलाई हन्ड्रेड स्पोर्ट्स टिमका उदय थापा, उदय अर्याल लगयातले समन्वय गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु