दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

गुणस्तरहीन मासु बिक्री

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन २८ गते, आईतवार १९:२८

भक्तपुरः सूर्यविनायक नगरपालिका क्षेत्रका अधिकांश मासु पसलमा झिङ्गा भन्केका, गनाउने र गुणस्तरहीन मासु बिक्री वितरण भइरहेको पाइएको छ ।

आज सूर्यविनायक नगरपालिकाले सूर्यविनायकदेखि सल्लाघारीसम्म रहेको मासु पसलको अनुगमन गर्दा अधिकांश मासु पसल फोहर, हरियो झिङ्गा भन्केको, गन्हाउने र खान योग्य नभएको मासु बिक्री गरेको पाइएकोहो । नगरपालिकाका उपप्रमुख जुना बस्नेतको नेतृत्वमा बजार अनुगमन शाखा, स्वास्थ्य शाखाका कर्मचारी, नगर प्रहरी र सञ्चारकर्मीसहित कर्मचारीको टोलीले बजार अनुगमन गरेको हो ।

अनुगमनको क्रममा अधिकांश मासु पसल नगरपालिकामा दर्ता नभएको, मूल्य सूची नराखिएको, साइनबोर्ड नभएको, बिक्री रसिद नभएको, कुखुरा र राँगाको मासु एउटै फ्रिजमा राखिएको, नापतौल बिगारेको, सिसी क्यामेरा प्रयोग नभएको, एप्रोनको प्रयोग नगरिएको र खान योग्य नभएको मासु बिक्रीमा राखिएको पाइएको थियो ।

अनुगमनका क्रममा फ्रेस मिट कर्नरमा राँगोको मासु अव्यवस्थित, फोहर र झिङ्गा भन्किएको बिक्री गरिरहेको पाइएको थियो । यसमा राँगोको टाउँको, खुट्टा, भूँडी, यत्रतत्र भूइँमै छरेर राखेको, अन्य मासु फोहर ठाउँमै राखेर बिक्री गरेको र गहाउने मासुसमेत बिक्री गरेको पाइएको छ ।

त्यससँगैको माइला दाइको मासु पसलमा दर्ता नभएको, बोर्ड नराखिएको र बाहिरै झिङ्गा भन्काएर राख्दै मासु बिक्री गरिरहेको पाइएको थियो । मासु राखेको कोठा अत्यन्तै फोहर, मासु राख्ने ठाउँमै कुकुरको खोर राखिएको, फ्रिजसमेत नराखिएको पाइएको छ ।

सूर्यविनायक मिट सपको तल्लो पसलमा राँगो र कुखुराको मासु एकै ठाउँमा राखेर बिक्री गरेको, नापतौल नमिलेको, फोहर मासु बिक्री गरेको पाइएको थियो । माथिल्लोमा पनि कुखुराको मासु धेरै नै फोहर गरिराखेको र बिक्री गरेको पाइएकोे छ । सरकारको रु २५ लाख अनुदानमा सूर्यविनायकमै सञ्चालित अर्पण मासुपसल अहिलेसम्म नगरपालिकामा दर्ता नगरेको र फ्रिज अत्यन्तै फोहर गरिराखेको पाइएको थियो । अनुदान लिएअनुसार पसल व्यवस्थित नगरेको र फोहर पाइएको छ ।

सूर्यविनायककै जय मिट शप पनि दर्ता नगरी सञ्चालन भएको पाइयो भने सल्लाघारीको समिरा मिट शप र सूर्य कोल्डस्टोरमा फोहर र खान योग्य नभएको मासु बिक्री गरेको पाइएको थियो ।

नगरपालिकाका उपप्रमुख बस्नेत, नगरपालिकाका अनिरुद्र नेपाल, पूर्णचन्द्र शर्मा, रामचन्द्र सापकोटा, शोभा घिमिरे, सुमित्रा थापा, नगरप्रहरी विश्वराम नगरकोटी र सञ्चारकर्मी सहितको टोलीले मासु पसलको अनुगमन गरेको थियो । अनुगमनमा सबै पसललाई दशैँलगत्तै सात दिनभित्र पसल दर्ता र नवीकरण गरिसक्नुपर्ने, मासु पसलमा तत्काल सुधार गर्नुपर्ने लगायतका निर्देशन दिएको नगरपालिकाका उपप्रमुख बस्नेतले बताए। उनले निर्देशन पालना नगर्ने मासु पसलमा सिलबन्दी गरिने बताए ।

नगरपालिकाको मापदण्ड विपरीत सञ्चालित मासु पसल बन्द गराइने बताउँदै उपप्रमुख बस्नेतले पहिलो पटक सचेत गरिएको र दोस्रो पटक पसल बन्द गराइने बताए । नगरपालिकाका प्रमुख वासुदेव थापाले दशैँपछि पसल तथा व्यवसाय दर्तालाई कडाइका साथ लागू गर्ने बताए। उनले व्यवसाय दर्ता नगर्ने, कर छलि गर्ने, अखाद्य वस्तु बिक्री गर्ने र नगरपालिकाको मापदण्ड विपरित सञ्चालन गर्नेलाई कारवाही गरिने बताए ।

श्राेतः janasawal.com

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु