साँगे सभ्यता संरक्षण तथा विकास अभियानको आयोजनामा नव वर्ष २०८२ को उपलक्ष्यमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्ननयाँबसपार्क बचत तथा ऋण सहकारी संस्थाको १४ औँ साधारणसभा तथा अधिवेशन सम्पन्नउत्पादनमा जोड्न महिलालाई बाख्राका पाठी र बोका वितरणचार स्थानीय तहद्वारा नगरकोट भ्रमण वर्ष आयोजना, ११ लाख पर्यटक भित्र्याउने लक्ष्यगायिका देविका बन्दनालाई सम्मान ।। क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम ।।माटोको सुगन्ध लोकार्पण ।। मनमुटु र देशप्रेमले भरिएको सांगीतिक सिर्जना ।।उज्यालो टाईम्सद्वारा नववर्ष २०८२ को शुभकामना सहित भित्तेपात्रो (क्यालेण्डर) बिमोचनयुगिन कलाकार तथा निर्देशक पवन जोशीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड ।। नेवाः साधना कला केन्द्रको गौरबमय सम्मान ।।।बैरो संघको अध्यक्षमा गुरुङ,प्रथम उपाध्यक्षमा श्रेष्ठ, महासचिवमा बस्नेत र कोसाध्यक्षमा सिन्जाली विजयी,सबैसङ्ग सहकार्य गरेर अगाडी बढने गुरुङको घोषणा१९ मा हिमाल र इभाना च्याम्पियन

आकाश र उमाको म्युजिकल फिल्म ‘आफु गयौं नेटो काटी’

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ फाल्गुन २६ गते, शुक्रबार ०६:५६

काठमाडौ । निर्देशक, निर्माता तथा कलाकार आकाश अधिकारीले ‘आफु गयौं नेटो काटी’ शिर्षकको म्युजिकल फिल्म द स्काई मुभिज युट्युब च्यानलबाट सार्वजनिक गरेका छन् ।

बिहिबार काठमाडौँको जमलस्थित विश्वज्योति सिनेमाजमा एक कार्यक्रमका बीच सार्वजनिक भएको फिल्मले एकल महिलाले भोग्नुपरेको दुखको कथा देखाइएको छ ।

नेपाली समाजमा विधवालाई हेर्ने दृष्टिकोण चित्रण गरिएको फिल्म सन्देशमुलक छ । कार्यक्रममा बोल्दै निर्देशक अधिकारीले समाजलाई संदेश दिनका निमित्त आफुले जुनसुकै सामाग्री आर्थिक कलेक्सन गर्न भन्दा पनि समाजलाई संदेश दिन निर्माण गर्ने गरेको बताए ।

कार्यक्रममा रास्ट्रीय महिला आयोगको कार्यवाहक अध्यक्ष डा. विद्या कुमारी सिन्हा प्रमुख अतिथिको रुपमा उपस्थित थिईन् ।

जे होस्, आकाशको कन्सेप्ट, निर्देशन र अभिनय रहेको फिल्ममा उमा गिरिको मुख्य भूमिका रहेको छ । फिल्ममा उमा एकल महिलाको चरित्रमा देखिएकी छन् । जे होस्, शिव ढकालले खिचेको फिल्मलाई भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् भने रेनिश फागोले कलर गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु