दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नवीन र एन्जिला उत्कृष्ट खेलाडी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ फाल्गुन २९ गते, सोमबार ६:५४

काठमाडौं ।नवीन मगर र एन्जिला आचार्य प्रथम शहीद स्मृति क्योकुसिन कराते प्रतियोगितामा आइतबार उत्कृष्ट खेलाडी घोषित भएका छन् । नवीन पुरुष तथा एन्जिला महिलामा उत्कृष्ट खेलाडी बनेका हुन् ।
नेपाल एटेमी क्योकुसिन कराते संघद्वारा आयोजित प्रतियोगिताको पुरुष ३५ केजीमुनि एकिकृत समृद्धि नेपालका वर्षात राई पहिलो भए । उनले फाइनलमा एकिकृतकै श्याम बुढालाई पराजित गरे । ४५ केजीमुनि एकिकृतका ठगेन्द्र बुढा मगरले वीरगन्जका सागर दास, ५५ केजीमुनि एकिकृतका ईश्वर रोका मगरले एकिकृतकै राजमद बुढा मगर तथा ५५ केजीमाथि वीरगन्जका उमाकान्तले एकिकृतका मनोज पाण्डेलाई हराउदै स्वर्ण जिते ।
बानियाँटारमा भएको प्रतियोगिताको महिला २५ केजीमुनि मनमैजुकी कृशला लामाले मनमैजुकै रोमी चोधरी, ५० केजीमुनि मनमैजुकी कृष्मा लामाले एकिकृतकी श्रृष्टि शाही तथा ५० केजीमाथि मनमैजुकी सोफिला तामाङले मनमैजुकी कृष्ता तामाङलाई पाखा लगाउदै पहिलो बने ।
विजेतालाई युवा तथा खेलकुद पूर्व मन्त्री हितबहादुर तामाङ, आयोजक एटेमीका ब्रान्च चिफ प्रदीप थापालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । एकदिने प्रतियोगितामा विभिन्न ७ स्पर्धामा १ सय ७५ खेलाडी सहभागिता जनाएको आयोजकले जनाएको छ । प्रतियोगिताका लागि हंगेरीबाट एटेमीका प्राविधिक निर्देशक डा. एटिला गुवासीसहितको ७ सदस्यीय टोली नेपालमा छन् । उक्त टोलीले सेमिनार पनि सञ्चालन गरेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु