तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

बरिष्ठ पत्रकार पाण्डेलाई उत्कृष्ठ पत्रकारको रुपमा पुरस्कृत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ फाल्गुन ३० गते, मंगलवार २०:१९

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले राजधानी राष्ट्रिय दैनिक पत्रिकाको बरिष्ठ उप सम्पादक मधुजंग पाण्डेलाई पुरस्कृत गरेको छ । आइतबार काठमाडौमा सम्पन्न देसभरका निर्माण व्यवसायीहरुको छाता संस्था महासंघको २४ औं साधारण सभा र ‘एफक्यान एक्सिलेन्स अवार्ड’ वितरण समारोहमा पाण्डेलाई उत्कृष्ठ पत्रकारको रुपमा पुरस्कृत गरिएको हो । महासंघले मुलुकको निर्माण क्षेत्रको प्रवद्र्धन तथा पूर्वाधार विकासकालागि पत्रकारिता मार्फत उल्लेखनीय काम गरेको भन्दै व्यत्तिगततर्फ नगद पुरस्कार सहित पाण्डेलाई ‘एफक्यान उत्कृष्ट सञ्चारर्की’ पुरस्कारले सम्मान गरेको थियो ।
यसैगरि, महासंघले यसवर्षको उत्कृष्ट सहयोगी छापा माध्यामका पत्रिकातर्फबाट आर्थिक दैनिकलाई संस्थागत रुपमा सम्मान गरेको थियो । त्यसैगरि, सहयोगी टेलिभिजनतर्फ एपीवान टेलिभिजनलाई सम्मान गरेको थियो । महासंघले अनलाइन सञ्चार माध्यामतर्फबाट निर्माणपाटी डटकम र सहयोगी रेडियोतर्फ रेडियो काठमाडौलाई सम्मान गरेको थियो ।
सोही अवसरमा महासंघले विभिन्न ३८ विद्यामा एफक्यान एक्सिलेन्स अवार्ड वितरण गरेको थियो । आज सोमबार काठमाडौ घोषणापत्र जारि गर्दै महासंघको साधारण सभा सम्पन्न हुँदै छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु