दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

एनआरएनए युएईद्वारा अप्रिल २ मा भलिबल प्रतियोगिता आयोजना गर्दै, प्रथम पुरस्कार हालसम्मको ठुलो रु. २ लाख ७९ हजार

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ चैत्र ७ गते, मंगलवार ६:३१

युएई – गैरआवासीय नेपाली संघ युएईले सामाजिक कार्यसँगै स्वास्थ्य नै धन हो भन्ने सामाजिक जनचेतना स्वरुप प्रथम भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
प्रतियोगिताका विजेता प्रथम, द्धितिय र तृतीय हुने टिमलाई युएईकै सबै भन्दा धेरै पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । आगामी अप्रिल २ गते आइतबार युएईको अल्कोजको बलेदिया भलिबल क्याम्पको भलिवल ग्राउण्डमा उक्त प्रतियोगिता हुन लागेको हो । 
गैरआवासीय नेपाली संघ युएईका खेलकुद संयोजक भीम मल्ल ठकुरीले विजेता प्रथम टिमलाई युएई दिराम नगद ७,७७७/-  द्वीतीय ४,४४४/- र तृतीय २,२२२/- नगद,कप, प्रमाण-पत्र र मेडल प्रदान गरिने बताए । 
गैरआवसीय नेपाली संघ आईसिसिका खेलकुद संयोजकको भुमिका निर्वाह गरेका सामाजिक अभियन्ता, खेलप्रेमी आठौं र नवौ राष्ट्रिय खेलमा गैरआवासीय नेपाली संघ, स्पोर्ट्स एकेडेमीका  म्यानेजमेन्ट प्रमुख एबं खेल संयोजकको महत्वपूर्ण भुमिका निर्वाह गरेका संघका मध्यपुर्व संयोजक मनोज गोर्खाली, गैरआवसीय नेपाली संघ युएईका प्रमुख संरक्षक रमेश श्रेष्ठ, राष्ट्रिय समन्वय समिति युएईका अध्यक्ष ठाकुर ढुंगानालगायत सम्पूर्ण टिमको महत्वपूर्ण सहयोग र योगदानका कारण युएईको इतिहासमै ठुलो प्रतियोगिता आयोजना गर्न सकिएको ठकुरिले बताए । 
युएईमा रहेको सामाजिक संघ संस्था, विभिन्न क्लब लगायत खेलाडीहरुलाई उक्त खेलमा सहभागिता जनाई दिन खेल संयोजक ठकुरीले अनुरोध पनि गरेका छन । उनले यो प्रतियोगिता आयोजना गर्न र सफल बनाऊन आ-आफ्नो ठाउबाट योगदान दिन युएईवासी नेपाली र एनआरएनए अभियन्तालाई अनुरोध गरे । ठकुरीले प्रतियोगिताको तयारी तिब्र गतिमा अगाडी बढेको बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु