दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

विप्लव नेतृत्वको नेकपा भक्तपुरले जनसम्बन्ध सुदृढ तथा संगठन विस्तार अभियान सञ्चालन गर्ने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ चैत्र ७ गते, मंगलवार ९:५०

नेकपा भक्तपुरले जनसम्बन्ध सुदृढ अभियान सञ्चालन गर्ने
भक्तपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव नेतृत्वको भक्तपुर जिल्ला समितिले जनसम्बन्ध सुदृढ तथा संगठन विस्तार अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।

सोमबार भक्तपुरमा बसेको पार्टीको आठौ जिल्ला समितिको सातौं बैठकले उक्त निर्णय गरेको हो ।कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा केन्द्रिय सदस्य तथा भक्तपुर जिल्ला इन्चार्ज अखिल सी ले ” देशको बर्तमान समस्या भनेको दलाल संसदीय ब्याबस्था र भूमण्डलीकृत पुजिबाद भएको बताउँदै यसको विकल्प बैज्ञानिक समाजबाद मात्रै हुन सक्ने जिकिर गरेका थिए ।

पार्टीको उपत्यका ब्यूरोले तयार गरेको परिपत्रलाई एकमतका साथ पास गरि भक्तपुर जिल्लाले तयार गरेको दुरगामी महत्वको योजनालाइ आ- आफ्नो फिल्डमा लागू गर्ने दृढ बिश्वास सहित नेकपा भक्तपुरको सातौं बैठक सप्पन्न भएको भक्तपुर जिल्ला समितिले जनाएको छ ।भक्तपुर जिल्ला इन्चार्ज अखिल सीको प्रमुख आथित्यता रहेको उक्त कार्यक्रमको सन्चालन र सभापतित्व जिल्ला सचीव देव सीको रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु