दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

स्वास्थ्यकर्मी बलियो भए मात्र नागरिक स्वास्थ्य हुन्छन्: प्रदेश सदस्य सुरेश श्रेष्ठ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ चैत्र ७ गते, मंगलवार ११:२३

सन्जिब दुलाल

भक्तपुर । बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले स्वास्थ्यकर्मी बलियो भए मात्र नागरिक स्वस्थ हुने बताउनुभएको छ ।

नेपाल स्वास्थ्य कर्मी युनियनको चौथो भक्तपुर जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उहाँले स्वास्थ्यकर्मी तन मन र बचनले बलियो भए मात्र नागरिक स्वास्थ्य हुने बताउनुभएको हो ।

नेपालमा स्वास्थ्य कर्मी आफै आफ्नो हक हितका लागि लड्नु पर्ने बाध्यता रहेको छ, सङ्घ प्रदेश र स्थानीय तहको संरचनाको मारमा स्वास्थ्यकर्मी पनि परेका छन् । अहिलेको अवस्थामा स्वास्थ्य कर्मी आफै खुम्चनु पर्‍यो भने आम नागरिकको अवस्था के हुने यसको विषयमा सोच्नु पर्ने अवस्था आएको उहाँले बताउनुभयो ।

उहाँले हाल सम्म पनि सङ्घीयता कार्यान्वयनको अवस्थामा नपुगेको बताउँदै यसको मार स्वास्थ्य क्षेत्रमा पनि परेको बताउनुभएको थियो ।

सङ्घीयता कार्यान्वयनको अलमलका कारण स्वास्थ्य, शिक्षा र रोजगारीमा असर परेको छ अझ कर्मचारीको समस्या त झन् ठुलो छ स्थायी सरकार अर्थात् कर्मचारीको समस्या त समाधान भएको छैन भने कसरी अरूको समस्यामा तीन तहका सरकार पुग्छन् भन्ने नै अन्योल भएको उहाँले बताउनुभयो ।

कार्यक्रममा जिल्ला जनस्वास्थ्यका प्रमुख कृष्ण मिजारले स्वास्थ्य क्षेत्रमा भएको समस्या समाधानमा सबै मिलेर लाग्नु पर्ने बताउनुभयो ।

अधिवेशनले नयाँ कार्यसमितिको चयन समेत गरेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु