दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

तामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ चैत्र १२ गते, आईतवार १९:२८

काठमाडौं । अमेरिकको न्युयोर्क शहरमा तामाङ सोसाइटी अफ अमेरिकको एघारौ महाअधिवेशन सम्पन्न भएको छ । अधिवेशनले २०२३ देखी २०२५ सम्मको लागि ९ सदस्यीय कार्यसमिति चयन गरेको छ । पहिलो चरणको कार्यक्रम सके लगत्तै शुरु भएको बन्द सत्रमा निर्वाचन अधिकृत भरत मोक्तानले उम्मेदवारी दरखास्त अह्वान गर्नु भएकोमा अध्यक्ष पदको लागि बुद्धिमान तामाङ र सन्जोग योन्जनले उम्मेदवारी दिएका थिए ।

उम्मेदवार दर्ताको नामावली प्रकाशित भए पश्चात अध्यक्षका प्रत्यासी दुवैजनालाई आ आफ्नो धारणा राख्न ५/५ मिनेटको समय दिएकोमा बुद्धिमानले ११ बुदामा आफ्नो सान्दर्भिक भनाइ राखेर सबैको मन जित्न सफल भएको थियो । कुल खसेको मत मध्य ८ मत बदर भएकोमा आफ्नो प्रतिद्वन्द्वी सन्जोग योन्जनलाई १० मतले पछी पार्दै बुद्धिमान तामाङले एतिहासिक जीत निकाल्न सफल हुनु भएको थियो । निर्वाचित हुनु भए पश्चात् आफ्नो भनाइ राख्दै अब आफुले अघि सारेको प्रत्येक बुदालाइ आत्मसात गरि कार्य गर्ने प्रतिबद्ध व्यत गर्नु भएको थियो ।अधिबेशनबाट अन्य पदाधिकारी हरु भने निर्विरोध निर्वाचित हुनु भएका थियो ।

कार्यसमिति :

अध्यक्ष : बुद्धिमान तामाङ
बरिष्ट उपाध्यक्ष : चिना लामा
उपाध्यक्ष :तुल बहादुर तामाङ
उपाध्यक्ष :आरती लामा मैना
महासचिब : शमशेर योन्जन
सचिव: भिम स्याङतन
कोषाध्यक्ष : सेन्तुन लामा
बोर्ड सदस्य : तीर्थ राज लामा
बोर्ड सदस्य : बिष्णु तामाङ
बोर्ड सदस्य :निरा माया लामा

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु