दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

मन्त्रिमण्डल फेरबदल भन्दापनि गल्ती गर्ने मन्त्रीलाई कारबाही गर्नुपर्छ : बडाल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ कार्तिक १ गते, बिहीबार २०:०९

काठमाडौं, १ कार्तिक ।सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य केशब बडालले सरकारको ७ महिने कार्यकाल सफल भएको दाबी गरेका छन् । उनले भने,‘सरकार रात दिन काम गरिरहेको छ । सरकारबाट अहिलेसम्म अलोकप्रिय काम भएको छैन् । आजको भोलि नै सबै काम हुँदैन् । समय लाग्छ । ५ वर्षमा गर्ने काम आजै हुँदैन् ।’

नेता बडालले अप्राकृतिक मुल्यवृद्धि यदि भएको छ भने सरकारले तत्काल नियन्त्रण गर्नुपर्ने बताए । उनले भने,‘सरकारको विकल्प खोज्दा अस्थिरता निम्तिन्छ । सरकारलाई सफल बनाउनको लागि सबैको सहयोग चाहिन्छ । राष्ट्रको समृद्धि, निर्माण र विकास एकल पार्टीले गर्न सक्दैन् । एकतावद्ध प्रयास भयो भने देशको समृद्धि सम्भव हुन्छ।’
उनले मन्त्रिमण्डल फेरबदल गर्नुभन्दापनि गल्ती गर्ने मन्त्रीहरुलाई कारबाही गर्नुपर्ने सुझाव दिए । उनले भने,‘मन्त्रिमण्डल फेरबदल गरेर हुँदैन् । यदि कसैले गल्ती गरेको छ भने कारबाही गर्नुपर्छ ।’

त्यस्तै उनले ७ महिनाको सरकारको कार्यकालमा सफल भएको पनि दाबी गरे । यो ७ महिनामा सरकारले सम्पूर्ण ऐन तथा कानूनहरु पारित गरेको, चीनसँग व्यापार तथा पारवाहन सन्धि गरेको, भारतसँग थप हवाई रुटको सम्झौता गरेको, तराई डुबानको समस्या न्यून गर्न भारत सकारात्मक बनेको, विराटनगरमा रहेको फिल्ड अफिस हटेको लगायतका फेहरिस्त सुनाउँदै सरकार सफल भएको आधारहरु सुनाए ।
राष्ट्रिय महत्वको विषयमा सबैबीच सहकार्य र सहमति हुन आवश्यक रहेको छ । उनले भने,‘सरकारले साँच्चिकै गल्ती गरेको छ भने विरुद्धमा उत्रिनुपर्छ । तर, अनावश्यक विरोध गर्नुहुँदैन् । राष्ट्रिय स्वाधिनता, अखण्डता, एकता, सार्वभौमिकता, संविधान कार्यान्यवयन र सामाजिक न्यायको काममा सबै दलहरुबीच हातेमालो हुन जरुरी रहेको उनले सुनाए ।

फरक प्रसँगमा उनले सरकार संविधान संशोधन गर्न तयार रहेको सुनाए । तर, राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकताजस्ता विषयमा उदारता हुन नसक्ने उनले जिकिर गरे । उनले भने,‘जरुरी विषयमा मात्रै संविधान संशोधन हुन्छ । विभेद छ भने त्यसलाई संशोधन गर्नुपर्छ । सिमित व्यक्तिको फाईदाको लागि केन्द्रित हुनुहुँदैन् ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु