तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

राष्ट्रिय शारीरिक अपाङ्ग संघ नेपालले बुझायो ध्यानाकर्षण पत्र

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ चैत्र २० गते, सोमबार २०:११

२० चैत २०७९ शर्मिला विश्वकर्मा, ललितपुर

राष्ट्रिय शारीरिक अपाङ्ग संघ नेपाल अपाङ्गता भएका व्यक्तिहरुको हक हित र अधिकारका लागि काम गर्ने एक गैर सरकारी ‌संस्था हो । यस संस्थाले स्थापना काल देखि नै सरकारी वा गैर सरकारी निकायहरुमा अपाङ्गता मैत्री तथा मानव मैत्री संरचना निर्माण गर्नु पर्ने भनि वकालत तथा पैरवी गर्दै आएको छ । यसै सन्दर्भमा यही चत १९ गते आइतबार मानव मैत्री संरचना निर्माणका लागि इन्जिनियरहरुको ध्यानाकर्षण गराउने उदेश्यले नेपाल इन्जिनियर्स एशेसियसनमा ध्यानाकर्षण पत्र बुझाएको छ ।
सो ध्यानाकर्षण पत्रमा उल्लेख गरिएका बुँदाहरु पढेर सुनाउदै आयोजक संस्था राष्ट्रिय शारीरिक अपाङ्ग संघ नेपालका अध्यक्ष किरण शिल्पकारले नेपाल इन्जिनियर्स एशोसियसनका महासचिव रवी भुषण झा लाई हस्तान्त्रण गर्नु भयो । उक्त ध्यानाकर्षण पत्रमा अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी महासन्धीको धारा ९ को पहुँचयुक्ततालाई कार्यन्वयन गर्नु पर्ने, नेपालमा भएका भौतिक संरचना अपाङ्गता मैत्री बनाइनु पर्ने, अपाङ्गता भएका व्यक्तिहरुका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका २०६९ लागु गर्नु पर्ने, भवन तथा घरहरु निर्माणका लागि नक्सा पास गर्दा अपाङ्गता मैत्री छ वा छैन भनि अनुगमन गर्नु पर्ने लगायतका सवालहरु समावेश गरिएको छ ।
यसै क्रममा आयोजक संस्था राष्ट्रिय शारीरिक अपाङ्ग संघ नेपालका अध्यक्ष किरण शिल्पकारले शारीरिक अपाङ्गता भित्र पनि विविधता रहेको र कुनै पनि संरचना वा भवन निर्माण गर्दा सबै अपाङ्गता भएका व्यक्तिहरुको अवस्थालाई मध्ये नजर गर्नु पर्ने भन्दै भवनमा भएका र्याम्पहरु पनि मानव मैत्री नभएको गुनासो गर्दै सुधारका लागि सुझाव दिनु भयो । साथै उहाँले नेपाल इन्जिनियर्स एशोसियसनमा हुने छलफलहरुमा अपाङ्गता भएका व्यक्तिहरुका सवालहरुलाई पनि संवोधन गर्दै मानव मैत्री संरचना निर्मा०मा जोड दिनु पर्ने बताउनु भयो ।
यस छलफलमा नेपाल अपाङ्ग महिला समाजकी अध्यक्ष वृन्दालक्ष्मी रञ्जीतले हाम्रा अधिकांश सडकहरु, भवनहरु तथा भौतिक संरचनाहरु अपाङ्गता मैत्री नहुँदा शारीरिक अपाङ्गता भएका व्यक्तिहरुलाई आवगमनमा चुनौती भएको भन्दै अब बन्ने सबै संरचनाहरु अपाङ्गता मैत्री बनाउनका लिग यस निकायले पहल गर्नु पर्ने बताउनु भयो ।
त्यसै गरी राष्ट्रिय शारीरिक अपाङ्ग संघ नेपालकी उपाध्यक्ष विनिता रेग्मीले सडकमा हुने दुर्घटना रोक्नाका लागि पहुँचयुक्त संरचना निर्माणका लागि जोड दिनु पर्ने भन्दै सडकहरु, सडकपेटीहरु , सार्वजनिक शौचालयहरु अपाङ्गता मैत्री बनाउनका लागि पहल गर्नु पर्ने कुरामा जोड दिनु भयो ।
सो कार्यक्रममा नेपाल आदिवासी जनजाति अपाङ्ग संघ ( निडा) का अध्यक्ष खड्ग सारुमगरले अपाङ्गता भित्र पनि विविधता रहेको भन्दै यस विषयमा सरोकारवाला निकायहरु पूर्ण रुपमा संवेदनशिल भएर भौतिक संरचना निर्माणमा ध्यान दिनु पर्ने बताउनु भयो । साथै यस नेपाल इन्जिनियर्स एशोसियसनको र्याम्प पनि मानव मैत्री नभएको भन्दै आगामी दिनमा यसमा पनि सुधार गर्नु हुन आग्रह गर्नु भयो ।
सो कार्यक्रममा राष्ट्रिय शारीरिक अपाङ्ग संघ नेपालले अपाङ्गता मैत्री संरचना निर्माणमा ध्यान दिनु पर्ने भनि बुझाएको ध्यानकर्षण पत्र बुझ्दै नेपाल इन्जिनियर्स एशोसियसनका महासचिव रवी भूषण झाले यहाँ सम्म आएर अपाङ्गता मैत्री संरचना निर्माणका लागि सल्लाह सुझाब दिनु भएकोमा धन्यवाद दिदै अबका दिनमा मानव मैत्री संरचना निर्माणका लागि आवश्यक पहल तथा पैरवी गर्ने बताउनु भयो । साथै उहाँले यहाँ भएको र्याम्पलाई आगामी दिनमा सुधार गर्ने पनि बताउनु भयो ।
त्यसै गरी नेपाल इन्जिनियर्स एशोसियसनका उपमहासचिव सरोज धितालले अपाङ्गता मैत्री संरचना निर्माणका लागि सकारात्मक भएको भन्दै यसै कार्यलयमा समय समयमा अपाङ्गता भएका व्यक्तिहरुका विषयमा छलफल गर्न सकेमा मानव मैत्री संरचना निर्माणमा सहजता हुने बताउनु भयो । साथै अबका दिनमा यस एशोसियसनमा आवद् सबै इन्जिनियरहरुलाई पनि अपाङ्गता मैत्री संरचना निर्माणका लागि सचेत गराउनु पर्ने कुरामा जोड दिनु भयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु