तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

१४ बर्षिय विकल्पको उपचार गर्न आर्थिक अभाव,सहयोगको अपिल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ चैत्र २४ गते, शुक्रबार ६:१६

काठमाडौं । चौध बर्षिय बालक बिकल्प दाहालको उपचारका लागि आर्थिक अभाव रहेकाले सहयोगका लागि परिवारले अपिल गरेको छ । बिकल्पका बुबा प्रमोद दाहालका अनुसार हाल सिभिल अस्पताल मिनभवन काठमाण्डौंमा बोन म्यारोको उपचार गराईरहेका विकल्पको ब्यानम्यारो प्रत्यारोपण गर्नु पर्ने भएको छ । भदौ महिनादेखि निरन्तर उपचार गर्दा करिव २० लाख रुपयाँ सकिइसकेको बताउँदै बुबा प्रमोदले भने ‘भदौदेखिको अधिकांस उपचार ऋण गरेर गरिरहेका छौं । अस्पतालले कम्तीमा बोनम्यारो ट्रान्सप्लान्ट गर्न अझै ३० लाख लाग्छ भनेको छ । यति ठूलो रकम हामीले जुटाउने अवस्था नै छैन ।’
बिकल्प २०७९ भदौ महिनामा डेँगु संक्रमित भएका थिए । परिवारका अनुसार संक्रमण पश्चात अवस्था गम्भिर भएपछि उनलाई सिनामंगल स्थित केएमसी अस्पतालमा भर्ना गरिएको थियो । के.एम.सि.अस्पतामा आईसियु र भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा विकप्ललाई करिव ३० पाउण्डभन्दा बढी रगत दिनु परेको थियो ।
डेँगुको ज्वरो निको भई सके पश्चातको एक महिनासम्म पनि निरन्तर उपचार गर्दा पनि रगतमा हुनुपर्ने प्लेटलेटको मात्रा नबढेपछि केएमसी अस्पतालका डक्टरहरुको सल्लाह अनुसार परिवारले काठमाडौं स्थित मिनभवनमा रहेको सिभिल अस्पतालमा कार्यरत रगत रोग विशेषज्ञ प्राध्यापक डाक्टर विशेष पौडेलमार्फत उपचार सुरु गरेको थियो । अहिले पनि रगत रोग विशेषज्ञ डाक्टर विशेष पौडेलको टोलीले उपचार गरिरहेको छ ।
परिवारले उपचार गर्न आर्थिक कारणले नकस्ने भएपछि विकल्पको जीवन रक्षाका लागि गोफन्डमी ( लिंकः— www.gofundme.com/f/donate-to-save-bikalpas-life-14-years-old?) मार्फत आर्थिक सहयोग संकलन सुरु गरिएको छ । त्यसैगरी विकल्पकी आमा विष्णु पौडेलको Bishnu Kumari Paudel, Everest Bank (Singhadurbar Branch, A/C number: 00120526201888) बैंक खाता मार्फत पनि आर्थिक सहयोग संकलन गर्न थालिएको परिवारले जनाएको छ ।
आर्थिक अभावकै कारण छोराको उपचार गर्न कठिन भइरहेको बताउँदै परिवारले छोरोका जीवन रक्षाको लागि सहयोग गरिदिन सम्पूर्ण सबैमा अपिल गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु