दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

बालकथाका दुई सङ्ग्रहहरू “नविन पाइला र इम्याजीनेटिभ वल्ड” को लोकार्पण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ चैत्र २५ गते, शनिबार २०:०१

२५ चैत २०७९ शर्मिला विश्वकर्मा, काठमाडौं

विद्यार्थी बालबालिकाहरुको लेख कला तथा भाषा शैलीको क्षमता अभिवृद्धि गर्ने उदेश्यका साथ प्रकाशित गरिएको बालकथाका दुई सङ्ग्रहहरू “नविन पाइला र इम्याजीनेटिभ वल्ड” को लोकार्पण गरिएको छ ।
इम्पेरियल वल्ड स्कुलद्वारा प्रकाशित नेपाली र अंग्रेजी भाषाका बालकथाका उक्त दुई कृतिको आज शनिवार लोकार्पण गरिएको हो ।
सो पुस्तकमा सोही विद्यालयमा अध्ययनरत कक्षा ३ देखि कक्षा दश सम्मका विद्यार्थीले लेख्नु भएको कथा र उहाँहरूले नै कोर्नुभएको चित्र समेत सङ्ग्रहित छन् ।
बाल साहित्यकार यशु श्रेष्ठले पाठ्यक्रम मात्र घोकाउनु भन्दा विद्यार्थीलाई सिर्जनसिल बन्न प्रेरणा दिने स्कुलको यस कदमलाई निरन्तरता दिनु पर्नेमा जोड दिनु भयो ।
उहाँले लेख्नु साहित्यकार नै बन्ने लक्ष्य राख्नेले मात्र गर्ने होइन, हरेक क्षेत्रमा लेख्ने क्षमताको आवश्यकता पर्छ, जुन स्कुल देखि नै सिक्न पाउने विद्यार्थीहरूले भविष्यमा देश, विदेश जहाँ पुगे पनि आफ्नो क्षमताको भरमा गौरवपूर्ण काम गर्न सक्ने बताउनु भयो । प्रधानाध्यापक जुनिता कार्कीले विद्यार्थीलाई नियमित अध्यापनको साथै सिर्जनशिल कर्ममा लाग्न सानै उमेर देखि हौसला प्रदान गर्ने लक्ष्यले स्कुलले पहिलो पटक बाल कथा सङ्ग्रह प्रकाशित गरिएको जानकारी दिनु भयो ।
उहाँले जुनसुकै क्षेत्रमा काम गर्दा पनि लेख्न सक्ने क्षमताले व्यक्ति स्वयमलाई अब्बल बनाउन सक्ने भएकोले सो स्कुलले विद्यार्थीको हौसला तथा मनोवलको विकास र बालबालिकाको कल्पना गर्ने क्षमतालाई लयवद्ध बनाउन मञ्च दिने लक्ष्यले यस अघि पनि पत्रिकाको प्रकाशित गर्दै आएको र यस पटक बालकथा सङ्ग्रह प्रकाशित गरिएको बताउनु भयो ।
स्कुलका संस्थापक कुमार कार्कीले विद्यार्थीलाई रचनात्मक काममा सक्रिय पार्ने गतिविधी अन्तर्गत तयार भएको बालकथा सङ्ग्रहको माध्यमबाट विद्यार्थी, शिक्षक, अभिभावकका साथै स्कुल परिवार उत्साहित रहेको बताउनु भयो ।
शिक्षक हेमा सुवेदीले विद्यार्थीको कल्पनाशिल क्षमता, समाज, घर परिवार र आफ्ना वरपरका गतिविधीलाई निक्कै सरल भाषामा आफ्नै ढङ्गमा लेखिएका बालकथाले अन्यलाई पनि कथा पढ्न र लेख्न रहर जगाउने विश्वास व्यक्त गर्नु भयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु