तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

नेप्से परिसूचकमा गिरावट

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ चैत्र २६ गते, आईतवार १७:१०

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचकमा गिरावट आएको छ । नेप्से २७.९० अंकले घटेर १८३८.८८ विन्दुमा कायम भएको छ । यस दिन सेन्सेटिभ इन्डेक्स ४.४९, फ्लोट इन्डेक्स २.०१ र सेन्सेटिभ फ्लोट इन्डेक्स १.५६ अंकले घटेको छ ।

आज दुई सय ६५ कम्पनीका २९ लाख ३३ हजार एक सय पाँच कित्ता सेयर ८५ करोड ४५ लाख ८ हजार रुपैयाँबराबरमा कारोबार भएको छ । नेप्सेका सबै उपसमूह राताम्मे भएको छ । आज हाइड्रोपावरको सूचक सबैभन्दा धेरै २.३५ प्रतिशतले घटेको छ ।

बजार घटे पनि आज कालिञ्चाेक दर्शन लिमिटेडको सेयर मूल्यमा सर्किट लागेको छ । सानीमा ग्रोथ फन्डको सेयर मूल्य ६.४६ प्रतिशतले बढेको छ । यता, कुमारी धनवृद्धि योजना र मायाखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य क्रमशः ६.६२ प्रतिशत र ६.२३ प्रतिशतले घटेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु