दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

राष्ट्रिय भलिबल सुरु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ चैत्र २८ गते, मंगलवार २०:३१

काठमाडौं, चैत २८ गते ।राष्ट्रिय खेलकुद परिषद्का संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार अब आउने नीति तथा कार्यक्रम र बजेटमा भलिबलका लागि सम्बोधन गर्ने बताउनुभएको छ ।
स्वर्गीय नेता पोस्टबहादुर बोगटीको स्मृतिमा आयोजना भएको प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उद्घाटन समारोहमा प्रधानमन्त्री दाहालले आप्mनो दोस्रो कार्यकालमा भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको स्मरण पनि गर्नुभयो । उहाँले तेस्रो कार्यकालमा भलिबललाई अगाडि बढाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले आगामी एसियाली खेलकुदमा महिला भलिबल टोलीको सहभागिता निश्चित भएको र पुरुष भलिबल टोलीको पनि सहभागिता आवश्यक रहेकोमा बताउनु भयो । सदस्य–सचिव घिसिङले वर्तमान प्रधानमन्त्रीको दोश्रो कार्यकालमा भलिबल राष्ट्रिय घोषणा भएको स्मरण गर्दै प्रधानमन्त्रीज्यू प्रति आभार व्यक्त गर्दै राष्ट्रिय खेल भलिबलको विकास र विस्तारका लागि प्रधानमन्त्रीज्यूबाट विशेष सम्बोधन हुनेमा आफू विश्वस्त रहेको बताउनु भयो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आयोजना भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लबले एपीएफ क्लबलाई २५–२१, २५–२२, २६–२४ ले पराजित ग¥यो । प्रतियोगिता पाँच दिनसम्म चल्नेछ ।

लिगकम नकआउटको आधारमा सञ्चालन हुन प्रतियोगिताको विजेताले चार लाख, उपविजेताले दुई लाख, तेस्रो हुने टोलीले एक लाख रुपैयाँ र सन्त्वना पुरस्कार ५० हजार रुपियाँ पाउनेछ । विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई जनही १० हजार र सर्वोत्कृष्ट खेलाडीले १५ हजार रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
पोष्टबहादुर बोगटीको सम्झनामा आयोजित भलिबल प्रतियोगितामा तीन विभागीय, गण्डकी र सुदूरपश्चिम प्रदेश गरी ५ टोलीको सहभागिता रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु