
सिन्धुपाल्चोकमा सहिद स्मृति प्रतिष्ठानको भवन बन्ने पक्का ठुलोबाबु श्रेष्ठले दिए एकलाख एघारहजार एकसय एघार
सहिद स्मृति प्रतिष्ठानले सिन्धुपाल्चोकको मेलम्चीमा आफ्नै स्वामित्वमा रहनेगरि भवन बनाउने पक्का भएको छ । सिन्धुपाल्चाकका युवा नेता तथा बागमती प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्री युुवराज दुलाल(शरद)को बिषेश पहलमा यो भवन बन्न लागेको हो ।
यो भवन निर्माणका लागि जग्गा खरिद प्रकृया शुरु भईसकेको छ । सिन्धुपाल्चोकको मेलम्चीमा बन्ने यो भवन लाई छिटो भन्दा छिटो सम्पन्न गराउने उदेश्यका साथ आर्थिक संकलनलाई तिब्र पारिएको छ ।
यो भवनको लागि ग्रील तथा स्टील व्यवसायी महासंघका प्रथम उपाध्यक्ष एवं माओवादी केन्द्रका नेता ,सम्पर्क समन्वय समिति बागमती प्रदेशका अध्यक्ष ठुलोबाबु श्रेष्ठले एकलाख एघारहजार एकसय एघार रुपैयाँ सहयोग गरेका छन् ।
सिन्धुपाल्चोकमा पर्ने हरेक आपत बिपतमा सहयोग गर्ने श्रेष्ठले जुरे पहिरो ,भकम्प ,मेलम्ची बाढी जस्ता दैविक प्रकोपको बेलामा समेत बिभिन्न किसिमका सहयोगहरु लिएर सिन्धुपाल्चोक पुग्ने गरेका थिए ।
ग्रील तथा स्टील व्यबसायमा संलग्न श्रेष्ठले सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समन्वय समितिको लामो समय नेतृत्व समेत गरेका थिए ।
सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिकामा जन्मिएका श्रेष्ठ गाउँ घर तिर समेत परोपकारी मन भएका भनेर चिनिने गरेका छन् ।
सिन्धुपाल्चोकबाट काठमाडौं आएर बसोवास गर्ने तथा बिभिन्न कामको सिलशिलामा काठमाडौंमा रहेकाहरुलाई कुनै किसिमको समस्या परेको थाहापाए श्रेष्ठले तुरुन्तै त्यहाँ पुगेर आफुले सक्ने सहयोग गरिहाल्छन् ।
यस्ता सहयोगि मनहरुबाट नै बिकासका काममा थप प्रोत्साहन मिल्ने बागमती प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्री युवराज दुलाल (शरद ) बताउनुहुन्छ ।


